d

गौरादहमा भयानक दुर्घटना, टुडुको घटना स्थलमै मृत्यु,  ट्राफिक प्रहरी विरुद्द नारावाजी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमक । झापाको गौरादह बैगुनधुरा सडक खण्डमा सडक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । गौरादह २ स्थित भद्रकाली फर्निचरमा काम गर्ने झमकचोक निवासी राम टुडुको मृत्युु भएको हो ।


सडकमा अव्यवस्थित ढंगले रोकेर राखेको को१क २४७९ नम्बरको पानीको ट्ङ्करमा मे२प ३९१२ नम्बरको मोटरसाइकल ठोक्किदा टुडुको मृत्युु भएको बताइएको छ।   ।

ट्राफिक प्रहरीले सड़कमा अन्धाधुन्ध पार्किङ्ग गरेको गाडी नहटाउँदा गम्भीर दुर्घटना निम्तिएको भन्दै राती अवेर सम्म नारा जुलुस समेत गरेका थिए।   

 विगत ४ दिन देखी  टेंकर सड़क ओगटेर राखिएकोले दुर्घटना निम्त्याएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन् । उक्त टेंकर सड़क निर्माणकर्ताले पानी हाल्न प्रयोग गर्ने टेंकर भएको पाइएको र गाड़ीमा चेक गर्दा कुनै कागजपत्र समेत नभेटिएकोले कसको गाड़ी हो भन्ने कुरा खुल्न नसकेको बताइएको छ ।   

हाल उक्त टेंकर  प्रहरी नियन्त्रणमा रहेको र मृतकको सव पोस्ट्मार्टमको लागि दमक पठाईएको इलाका प्रहारी कार्यालय गौरादहले जनाएको छ।  
 

Views: