d

संकटमा श्रीलंका : प्रधानमन्त्रीका छोरासहित सबै मन्त्रीले बुझाए राजीनामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राजधानी कोलम्बोमा आइतबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । 

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका सबै मन्त्रीले राजीनामा बुझाएका छन्।


आर्थिक संकट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सबै २६ मन्त्रीले राजीनामा पत्र बुझाएका हुन् । तर प्रधानमन्त्री महिन्दा राजपाक्ष र उनका भाइ राष्ट्रपति गोतबाया राजपाक्षले भने राजीनामा दिएका छैनन् ।

शिक्षामन्त्री दिनेश गुणवर्देनाले मन्त्रीपरिषद्का सदस्यहरुले प्रधानमन्त्रीलाई आइतबार राजीनामा पत्र बुझाएको जानकारी पत्रकारलाई दिएका हुन् ।

राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा नामल राजपाक्षपनि रहेका छन् । यसले प्रधानमन्त्री र राष्ट्रपतिलाई देशमा स्थायित्व कायम गर्नका लागि सहयोग गर्ने अपेक्षा रहेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

सन् १९४८ यताकै गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा इन्धन, खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्रीको अभाव रहेको छ । आर्थिक संकट सुल्झ्याउन सरकारले काम नगरेको भन्दै आक्रोशित नागरिकले दैनिक प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शन रोक्नका लागि श्रीलंकामा राष्ट्रिय आपतकालीन अवस्थासँगै शुक्रबार राष्ट्रपतिले ३६ घण्टे कर्फ्यू जारी गरेका थिए । कर्फ्यूका बाबजुद प्रदर्शन भने रोकिएको छैन । प्रदर्शन चर्किँदै गएपछि मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

Views: