d

चैत्र २४ गते अध्यक्ष लिङ्गदेन इलाम पुग्ने, २६ गते दमक पशुहाटमा शक्तिप्रदर्शन गर्ने  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देंन विगत डेड महिना देखि देश दौडाहामा छन्।  स्थानिय निर्वाचनको मिति घोषणा भए संगै मुलुकका विभिन्न भागमा आयोजना भइरहेका आमसभाहरुमा सम्बोधन गर्दै आएका अध्यक्ष लिङ्देन आगामी चैत्र २४ गते इलामको सुर्योदय नगरपालिका स्थित फिक्कल बजारमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको हो। 

फिक्कलमा आयोजित बृहत आमसभालाई लिङ्देन सहित, प्रवक्ता द्वय ज्ञानेन्द्र साही र भक्ती सिटौला, केन्द्रिय सदस्यहरु लिला देवी श्रेष्ठ र रेखा थापा, तथा प्रदेश अध्यक्ष राम थापाले सम्बोधन गर्ने बताइएको छ।  

स्थानिय निर्वाचनकै सिलसिलामा झापाको दमकमा आगामी चैत २६ गते पशुहाटमा प्रदेशस्तरिय आमसभाको आयोजना गर्न लागिएको दमक नगर अध्यक्ष हेम सुवेदीले बताए।   

प्रदेश १ अध्यक्ष राम थापाको गृह नगर समेत रहेको दमकमा थापा राप्रपाबाट मेयर पदका उम्मदेवारको रुपमा उच्च चर्चामा रहेका नेता हुन्।   
नेपाली कांग्रेस सहितको गठबन्धनले थापा उठ्ने भए आफुहरुले मेयरमा उम्मदेवारी नदिने बताउदै थापालाई नै सघाउने तय भएको चर्चा छ।
 दमकमा राप्रपाको जनमत राम्रो रहेकोले पनि मेयर पदमा थापाको चर्चाले बजार राम्रै तताएको पाइन्छ। 
यद्दपी समिकरण गरेर जाने वा एक्लै चुनाव लड्ने भन्ने विषयमा अहिले सम्म पर्ख र हेरको अवस्था रहेको नगर अध्यक्ष सुबेदी बताउछन्।  
  


 

Views: