d

महारानीमा २ सय ५० जनालाई धनीपुर्जा वितरण हुँदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: लामो समय देखि धनीपुर्जा र फिल्ड नक्साको प्रतीक्षामा रहेका साविक महारानी झोडा गाविस हाल गौरादह ४ र ५ का जगाधानीहरु मध्ये २ सय ५० जनाले धनीपुर्जा पाउने भएका छन्। गत हप्ता फोटो टाँस गरि हस्ताक्षर गरेकाहरुले आज सोमवार वडा न. ४ को  कार्यालयबाट धनीपुर्जा प्राप्त गर्ने बताइएको हो।  

'गत वर्ष हामीले धनीपुर्जा वितरणको लागि अन्तिम रुप दिंदै गर्दा माथी बाटै आयोग खारेज गरियो, आयोग नै खारेज भए पछि वितरण कार्य अगाडी बढ्ने कुरै भएन।  निर्वाचन पूर्व नै आयोगले केहि जग्गाधनीलाई धनीपुर्जा वितरण गर्ने बुझेको छु।' , वडा अध्यक्ष मडिन्द्र कार्कीले भने।  

वडा न. ५ का वडासदस्य कपिलमणि काफ्ले भन्छन् , 'हतारमा २/४ जनालाई मात्र धनीपुर्जा मात्र  वितरण गर्नुभन्दा नक्सा सहितको धनीपुर्जा वितरण गर्नु पर्ने आवश्यकता छ।  हामीले खोजेको धनीपुर्जा मात्र होइन फिल्ड नक्सा समेत हो।'

फिल्ड नक्सा नभए धनीपुर्जाको मात्र कुनै औचित्य नहुने उनको भनाई छ।   

Views: