d

देश बनाउने अभियानमा सहभागी हुन एमालेमा आउनुस् : अध्यक्ष ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery


पर्सा – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभियानमा सहभागी हुनका लागि सबैलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन्  । अन्य पार्टी ठिक नभएकाले पनि एमालेमा आएर देश बनाउने अभियानमा सहभागी हुनुपर्ने उनले बताएका छन्।  

आज मङ्गलवार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कतिपय भ्रममा परेर अन्य पार्टीमा रहेको भन्दै उनीहरूलाई पनि एमालेमा प्रवेश गर्न आग्रह गरे । ओलीले भने, ‘कतिपय साथीहरू विभिन्न प्रकारणको भ्रममा परेर अथवा अप्ठ्यारोमा फसेर विभिन्न पार्टीमा अल्झिएर वा रुमल्लिएर रहनु भएको होला । ती पार्टीहरू काम लाग्दैनन् । ती परित्याग गरेर नेकपा एमालेमा आउन र देश बनाउने महाअभियानमा सामेल हुन सबैलाई हार्दिक आग्रह, अनुरोध गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले केही स्वार्थी मान्छेहरूले आफूलाई मधेस विरोधी भनेर हल्ला चलाएको आरोपसमेत लगाए । तर आफू मधेसको मान्छे भएको उहाँको दाबी थियो । अध्यक्ष ओलीले मधेसमा भैँसीका पिठ्युँमा बसेर कसरी चराउनुपर्छ भन्ने आफूलाई थाहा भएको उल्लेख गर्दै सबैभन्दा सजिलो विकास गर्न मधेसमा रहेको पनि बताए। 

यसैगरी केही दिनअघि एमालेमा प्रवेश गर्नुभएका वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले अब मधेसलाई बेच्न छोड्न मधेसवादी दलहरूलाई चेतावनी दिएका थिए । अध्यक्ष ओलीले मधेसवादी दलका नेताहरूप्रति इङ्गित गर्दै अब मधेस र व्यापारीहरूलाई भजाउन सक्ने अवस्था नरहेको बताए। 

मेयर सरावगीले मधेसवादी दलहरूले मधेसको नाममा जहिले पनि आफ्नो दुनो मात्रै सोझ्याउने काम गरेको आराेप लगाए। file image

Views: