d

एमाले गौरादह: वडा न. १ मा वडाध्यक्ष भण्डारीनै सर्वसम्मत, कुन वडामा को उम्मेद्वार?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: आसन्न स्थानिय तह निर्वाचनको लागि गौरादहमा नेकपा एमालेका तर्फबाट उम्मेद्वार छनौटको कार्य सम्पन्न भएको छ।  नगरपालिका भित्रका ९ वटै वडामा आजै उम्मेद्वार सिफारिस गरिएको हो।  

 उम्मेद्वार सिफारिस भए अनुसार गौरादहका ९ वटा वडा मध्ये वडा न १ मा मात्र सर्वसम्मत उम्मेद्वार छानिएका पाइएको छ।  

 वडा १ मा वर्तमान वडा अध्यक्ष नगेन्द्र भण्डारी पुन: वडाध्यक्षको उम्मेद्वारको लागि सर्वसम्मत चयन गरिएका छन् । भण्डारी लगायत अन्य ४ जनै सदस्यहरु सर्वसम्मत सिफारिस गरिएको बताइएको छ।   सदस्यहरुमा  खुल्ला तर्फ केशरबहादुर भुजेल, देवराज राई , महिला सदस्य अन्जु निरौला र दलित महिला लक्ष्मी देबि बि. क.  रहेका छन्।


वडा न. २ मा वडा अध्यक्षमा डिल्ली काफ्ले र खगेन्द्र गिरिको नाम सिफारिस भएको छ भने डिल्ली काफ्लेको बढी सम्भावना रहेको बताइएको छ। 

 त्यस्तै वडा न. ३ मा वर्तमान अध्यक्ष गजेन्द्र घिमिरे, दिलिप भण्डारी र अम्बिका भण्डारी 'दाहाल' को नाम सिफारिस भएको छ।  
यस वडामा गजेन्द्र घिमिरेनै दोहोरिने प्रवल सम्भावना देखिएको बताइन्छ।  त्यस्तै वडा न. ४ मा तुलसी कार्की सहित ४ जनाको नाम सिफारिस गरिएकोमा कार्कीकै पल्ला भारी देखिएको छ।  वडा न. ५ मा जगन्नाथ खनाल, कपिलमणी काफ्ले र राम प्रसाद संग्रौलाको नाम सिफारिस भएको छ।  त्यतै वडा न. ६ मा प्रकास पराजुली, गणेश कार्की, हरी ओझाको नाम सिफारिस भएकोमा प्रकाश पराजुलीको पल्ला भारी रहेको  श्रोतले बताएको छ।  तस्तै वडा न.  ७ मा ९ जनाको सिफारिस रहेको छ जसमा  अम्बर सिवाकोटी, वर्तमान वडाध्यक्ष बलराम खरेल, बलबहादुर तामाङ, , यज्ञ भेटवाल, राजेन्द्र सुबेदी, मुकुन्द भट्टराई, टिका घिमिरेको नाम सिफारिस भएको छ भने अम्बर सिवाकोटीले टिकट पाउने सम्भावना रहेको श्रोतको दावी छ।  वडा न. ८ मा वर्तमान वडाध्यक्ष भुमीराज पोख्रेल र डिल्ली राजवंशीको नाम सिफारिस गरिएपनि पोख्रेल पुन: एक कार्यकाल दोहोर्याउन पाउने भाग्यमानी मानिएका छन्।  त्यस्तै वडा न. ९ मा उपेन्द्र निरौला र राजेन्द्र पोख्रेलको सिफारिस परेको छ।  यस वडामा  निरौलाकै सम्भावना बढी देखिएको बताइएको छ।  

आज बुधवार झापा जिल्ला भरिका १५ स्थानिय तह अन्तर्गत १ सय ५१ वटै वडामा एकै साथ उम्मेद्वारी सिफारिस गरिएको थियो।  


 

Views: