d

गौरादहका १५ वर्षीय वालक धूलिखेलबाट बेपत्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:  गौरादह वडा न. १ का एक वालक बेपत्ता भएका छन् ।  पिता धन बहादुर खड्का र आमा दिलकुमारी खड्काका वर्ष १५ का छोरा सरोज खड्का धुलिखेल वडा नं. ७ बाट बेपत्ता भएको बताइएको हो ।  गत चैत २१ गते बिहान ५:३० बजेको समय देखि उनी सम्पर्कविहिन रहेको परिवार श्रोतले जनाएको छ । उनको हुलिया  रातो हाईनेक, कालो पाइन्ट र चप्पल लगाएको, पछाडि रातो र कालो रंगको झोला भिरेको साथमा साईकल सहित हराएको बताइएको छ भने अहिलेसम्म आफन्त नातेदार साथीभाइ तथा चीनजानका व्यक्ति सबैतिर सोधिखोजी तथा खोजखबर गर्दा समेत फेला नपरेकाले निज वालकलाई  कसैले देख्नु वा भेट्नु भएमा नजिकैको प्रहरी चौकी वा ९८१६९६३३२९, ९८५११०७२७२ सम्पर्क नम्बरहरुमा मा खबर गरिदिनु हुनको लागि अनुरोध गरिएको छ । 

Views: