d

मासुभात ख्वाएर भोट फकाउने संग सचेत बनौँ - लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मोरङ — राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अझै पनि चुनावमा मासु र भात खुवाउने र भोट कब्जा गर्न प्रयास गर्ने  प्रवृत्तिलाई हटाउनुपर्ने बताएका छन् । 

विराटनगरमा बुधबार आयोजित आमसभामा नेता लिङ्देनले देशमा अहिले पनि चुनाव घोषणा भएपछि नेताहरु भोजभतेरको आयोजना गर्ने अवस्था रहेको बताएका हुन् ।

‘हाम्रै मान्छेहरुले अरु पार्टीले त मासु र भात खुवाउन थाल्यो । अब तिमीले पनि केही गर्नुपर्छ, होइन भने त मान्छे सबै उतैतिर लाग्छन् भन्ने गरेका छन्,’ उनले भने, ‘अहिलेसम्म नेपालीले दुःख पाउनुको मूल कारण मासु र भात खाएर भोट दिनु नै हो ।’ अघिल्ला चुनावहरुमा ठीक पार्टी र ठीक व्यक्तिलाई भोट नदिएकाले अहिलेसम्म नेपालीले दुःख पाएको लिङ्देनको भनाइ थियो ।

Views: