d

वडाध्यक्षको उम्मेद्वार बन्ने भट्टराईको आकांक्षा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

स्थानीय निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरू उम्मेद्वार छान्न दौडधुपमा छन् । ठुला राजनीतिक दलले कतिपय स्थानमा नयाँ अनुहारलाई अगाडी सार्दैछ्न् त कतिपय स्थानमा पुरानै जनप्रतिनिधिले पुनः उम्मेद्वार बन्ने मौका पाएका छ्न् । यति बेला मुलुकभर राष्ट्रिय प्रजातन्त्र पार्टीको राम्रै लहर देखिन थालेको छ । राजेन्द्र लिङ्देनले बागडोर सम्हाले संगै पार्टी प्रवेशको चौतर्फी लहर देखिन थालेको पाइन्छ । गौरादह ३ का डि. पी. भट्टराई केही समय अगाडी मात्र नेकपा एमाले परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी ओलीको उद्वन्ड शैली र सिमित कार्यकर्तालाई पक्षपोषण गरेर मुलुकलाई बर्बादी तर्फ धकेलेकोले आफुले बाध्य भएर राप्रपा प्रवेश गरेको बताउने भट्टराई युवाहरू माझ निकै लोकप्रिय नाम हो ।

'५ वर्ष अगाडी गौरादह ३ मा राप्रपाको मत निकै कम थियो तर अहिले हामीले अथक प्रयास गर्दा केही सुधार आएको अवस्था छ।', भट्टराई भन्छन् । अहिलेसम्म ३ नं. वडाबाट २ सय भन्दा बढिले राप्रपा प्रवेश गरिसकेका र पार्टी प्रवेश अभियानलाई तिब्रतासाथ अगाडी बढाइएको उनको तर्क छ ।

'अहिले हामी जुट्ने समय हो, हामीले संगठन निर्माणमा बढी ध्यान पुर्याउनु जरुरी देखिन्छ।', भट्टराई बताउछन् ।

राप्रपा गौरादह नगर उपाध्यक्ष समेत रहेका भट्टराईले आफू आवद्ध वडामा पार्टीले उपयुक्त ठाने वार्ड अध्यक्षको उम्मेद्वार बन्न तयार रहेको उनले बताएका छन् ।

'हामीले चन्द्र जङ कार्कीलाई वडा नं. ३ मा उम्मेद्वार बनाउने जमर्को गरेका थियौं, वहाँ राप्रपाको असल, पुरानो र निष्ठावान कार्यकर्ता हुनुहुन्छ।  म वहाँको विकल्प चाहीं हुन खोजेको होइन।  कथमकदाचित पार्टीले मलाई उम्मेद्वार बन्न आग्रह गरेको खण्डमा पछि हट्ने कुरै पनि आउदैन' - भट्टराईले भने ।

गत स्थानीय निर्वाचनमा यस वडाबाट तत्कालिन नगर सचिब रमेश कुमार थापा लाई राप्रपाले वडाध्यक्षको उम्मेद्वार बनाएको थियो। भट्टराई सहित वडा नं. ३ बाट यो पटक उम्मेद्वार बन्ने आकांक्षा राख्नेहरुमा क्षेत्रीय उपाध्यक्ष रमेशकुमार थापा, नगर कमिटि सचिव युवराज पौडेल, वडा कमिटि अध्यक्ष चिरञ्जीवी पौडेल तथा वडा समितिकै उपाध्यक्ष चन्द्रजङ कार्की रहेका छन् ।

Views: