d

सहमती र सहकार्यका लागि तयार छु, हलबाट आएको निर्णय स्वीकार्नु पर्छ: सन्जिब कार्की

Views:
Responsive Image Gallery
Responsive Image Gallery

यसै बीच वडा अध्यक्षका आकांक्षी सन्जीब कार्कीले भने आफ्नो समर्थन इन्द्र गौतमलाई नै भएको बताएका छन्।  वडाध्यक्षमा उठ्न आफु आकांक्षी भएता पनि आफुले गौतमलाई समर्थन गर्ने बताएका हुन्। 

 'हलमा उपस्थित ९९ प्रतिशतले इन्द्र गौतमको नाम लिएका हुन्।  पूर्ण सहमतीका साथ गरिएको निर्णय हो यसमा मेरो भूमिका पनि इन्द्र दाई लाइ समर्थन गर्ने मै थियो।', कार्कीले भने 

'कार्यक्रम नसकिदै हल छोडेर हिंडे पछि सबै कुरा बुझिदैन, अन्तिम समय सम्म धैर्यवान भएर बस्न सक्नु पर्छ।',  इमान सिंह तामाङले आफ्नो नाम जोडेर प्रचार गरेको आरोपको खण्डन गर्दै कार्कीले पर्दाफास संग भने।

 

'सहमती र सहकार्यनै प्रजातन्त्रको आधार स्तम्भ हुन् । पार्टीलाई असर पुर्याएर विपक्षीलाई फाइदा पुग्ने गरी ज़िम्मेवार व्यक्तिले कुनै कार्य गरिनु हुँदैन भन्दै उनले हलको निर्णय मान्नुपर्ने बताएका छन् । 

Views: