d

भारतमा आजदेखि कोरोना खोपको बुस्टर डोज अभियान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नयाँदिल्ली–भारतमा आज आइतबारदेखि कोरोनाविरुद्धको खोपको बुस्टर डोज अभियान सुरु हुँदैछ। बुस्टर डोज दोस्रो डोज लगाएको ३ महिना पूरा भएका १८ वर्षभन्दा माथिका सबै वयस्क नागरिकलाई लगाइने केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले निजी खोप केन्द्रले बुस्टर डोजको मूल्य १५० रुपैयाँसम्म लिनसक्ने गरी तोकेको छ। तर, स्वास्थ्य कार्यकर्ता, फ्रन्टलाइनमा खटिएकाहरु र ६० वर्षभन्दा माथिका नागरिकले सरकारी खोप केन्द्रमा निःशुल्क बुस्टर डोज लगाउन पाउनेछन्। बुस्टर डोजमा यसअगाडि लगाएकै खोप लगाउनुपर्ने मन्त्रालयले जनाएको छ। 

राज्य र केन्द्रशासित प्रदेशमा भने १२ वर्षभन्दा माथिका बालबालिकालाई पहिलो र दोस्रो डोज खोप दिने कार्यमा तीव्रता ल्याउन मन्त्रालयले निर्देशन दिएको छ। सरकारी खोप केन्द्रमा निःशुल्क रुपमा पहिलो र दोस्रो डोज खोप लगाउने कार्य पनि जारी रहने जनाइएको छ। 

Views: