d

दोलखामा ‘गाउँ, नगर घर-घर जाऔं, माओवादीलाई विजयी गराऔं’ अभियान सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले ‘गाउँ, नगर घर-घर जाऔं, माओवादीलाई विजयी गराऔं’ अभियान सुरु गरेको छ ।

गौरीशंकर गाउँपालिकाले स्थानीय निर्वाचन लक्षित ‘व्यवस्था बदलौं, गाउँ, नगर घर-घर जाऔं, माओवादीलाई विजयी गराऔं’ अभियान सुरु गरेको हो ।

माओवादी केन्द्र गौरीशंकर गाउँपालिका वडा नम्बर १ का ईञ्चार्ज प्रकाश खड्काको अध्यक्षतामा वडा नम्बर १, २, ३ र ४ मा माओवादी केन्द्रले उक्त अभियान कार्यक्रम गरेकाे हाे  ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य गंगा कार्की विश्व, माओवादी केन्द्रको केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला ईञ्चार्ज देवि खड्का, पार्टीका नेताहरु शंकर लामा, नरबहादुर पाख्रिन उपस्थित थिए ।

त्यस्तै माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, माओवादी केन्द्रका नेता छिरिङ शेर्पा, गौरीशंकर गाउँपालिका इन्चार्ज विस्वास कार्की श्याम, गौरीशंकर गाउँपालिका अध्यक्ष श्याम सुन्दर तामाङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बाजासहितको ¥याली निकालिइएको थियो । ८३ जनाले नेकपा एमाले पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पछिल्लो समय दोलखा जिल्लामा माओवादी केन्द्र प्रवेश गर्नेको लर्को लागेको छ । News/photo: News 24

Views: