d

एशियन लाईफले गर्यो मृत्यु दावी हस्तान्तरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 एशियन लाईफले १७ लाख ५८ हजार ७ सय ८९ रुपैयाँकाे मृत्युदाबी रकम घरमै पुगेर भुक्तानी गरेको छ । 

एशियन लाईफकाे घर दैलाे मृत्युदाबी भुक्तानी तथा श्रद्धाञ्जलि कार्यक्रम अन्तरगत आज पथरि शनिश्चरे-७ माेरङ्ग स्थित स्व. बिष्णूकुमारी राई लिम्बू घरमै पुगेर उक्त रकम बराबरको चेक हस्तारण गरिएकाे हो । 

 स्व . बिष्णु कुमारी लिम्बूले मिति २०७५ साल कार्तिक ३० मा एसियन लाइफ इन्स्योरेन्स कम्पनिबाट बिमाङ्क रकम १५ लाख रुपैयाँको २० बर्षे योजनामा जीवन सन्जिवनि बिमा गरेकी थिइन् ।  बिमा चालू रहेकै अबस्थामा उनको हृदयघात भई  मिति २०७८ साल माघ २८ गते निधन भएकोले उक्त बिमा बापतको रकम रु १५ लाख र बोनस बापतको रु २ लाख ५८ हजार ७८ लाख ९ रुपैयाँ समेत गरि जम्मा रु १७ लाख ५८ हजार ७ सय ८९ रुपैयाँ  निजको छोरी नबिना सुब्बा  लिम्बुलाई शुक्रबार हस्तान्तरण गरिएको उक्त संस्थाले जनाएको छ । 

स्व. लिम्बुको गृह निवासमै पुगेर गरिएको हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष कपिलमणी ढकाल र एशियन लाईफका सहायक क्षेत्रिय प्रमुख शान्तिराम निराैला सहित एसियन लाईफ आवद्द अभिकर्ता र कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
 पथरी उपशाखा कार्यालय प्रमुख रमेस प्रधानले सञ्चालन गरेकाे कार्यक्रममा  शोकसभा सहित मृतक प्रती श्रद्धाञ्जली अर्पण गरिएको संस्था प्रतिनिधि दिपक खड्काले बताए । 

Views: