d

ताजपुरिया समाज कल्याण परिषद केन्द्रीय नेतृत्वमा पूर्णलाल ताजपुरिया

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: ताजपुरियाहरुको संगठन ताजपुरिया समाज कल्याण परिषद केन्द्रीय अध्यक्षमा पुर्णलाल ताजपुरिया चयन भएका छन्।  
 समितिको पाँचौ महाधिवेशनबाट ताजपुरियाको नेतृत्वमा १३ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति सर्वसम्मतबाट चयन गरिएको हो। 

 

No description available.

 

झापाको गौरादहमा सम्पन्न भएको केन्द्रिय महाअधिवेशनले मोरङ्गका एकाई समितिहरु तथा कला संस्कृति बिकास समितिबाट समावेशी तरिकाले १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको बताइएको छ।  

नव निर्वाचित समितिका पदाधिकारीहरुमा महासचिवमा  हर्देव ताजपुरिया, उपाध्यक्ष नन्दलाल ताजपुरिया, महिला उपाध्यक्ष कल्याणी ताजपुरिया,कोषाध्यक्ष शैलेन्द्र कुमार ताजपुरिया, उपमहासचिव मंगलसिंह ताजपुरिया रहेका छन भन्ने सदस्यहरुमा गौरसिंह ताजपुरिया,रेणु ताजपुरिया, रामा ताजपुरिया, कालेन्द्र ताजपुरिया, मन कुमार ताजपुरिया, कुन्दन ताजपुरिया ताजपुरिया तथा दिलिप ताजपुरिया रहेका छन्।

 

No description available.

 

उपाध्यक्ष पदको लागि रविलाल ताजपुरिया,चन्द्रप्रसाद ताजपुरिया,सत्य ताजपुरिया, र नन्दलाल ताजपुरिया आकांक्षी रहेका भएपनि उम्मेदवारहरु मध्येबाट गोलाप्रथाबाट नन्दलाल ताजपुरिया विजयी भएका थिए।  बन्दसत्र कार्यक्रमको प्रथम चरणमा आर्थिक तथा साङ्गठानिक प्रतिवेदन, दोस्रो चरणमा विधान संशोधन र तेस्रो चरणमा कार्यसमिति गठनबारे छलफल भएको नवनिर्वाचित उपाध्यक्ष नन्दलाल ताजपुरियाले बताए।   

नयाँ कार्य समिति चयनकालागि निवर्तमान अध्यक्ष गंगाराम ताजपुरियाको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति गठन
गरिएको थियो भने, बन्दसत्र कार्यक्रम उप समिति संयोजकत्वमा पुर्व अध्यक्ष कुञ्जिबिहारी ताजपुरियाले गरेका थिए ।

No description available.

 

बन्दसत्र कार्यक्रम बेलुका १० बजे तिर शुरुभई पदाधिकारी चयन हुदा सम्म भोलि अपराह्न ५ बजेको थियो । यसभन्दा पहिलाको समितिमा गंगाराम ताजपुरियाको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्य समिति रहेको उपाध्यक्ष ताजपुरियाले जानकारी गराएका छन्। 

Views: