d

पालिका सन्देश डट कम’ को तेस्रो बार्षिकोत्सव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बुद्धशान्ति – ‘पालिका सन्देश डट कम’ तेस्रो बर्षमा प्रवेश गरेको छ । पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन न्यूज पोर्टल दोस्रो बर्ष पूरा गरि तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाईएको थियो ।

बुद्धशान्तिमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य तथा बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष अनिल वाग्लेले अनलाइनले सम्बेदनशीलतालाई बुझेर समाचारहरु प्रस्तुत गरेको बताए । “सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्नुअघिनै त्यसले समाजमा पार्ने प्रभावबारे बुझ्न आवश्यक हुन्छ, सो विषयमा पालिका सन्देशले उदाहरण पेश गरिरहेको छ“, उनले भने ।

 समाचारलाई जिम्मेवार र सम्वेदनशिल ढंगले प्रस्तुत गर्न सक्ने सम्पादन टीमलाई नै बधाई दिदैँ थप प्रगतिको शुभकामना दिएका थिए । उनले बर्ष २०७९ चुनावी बर्ष भएकाले पत्रकारका लागि चुनौतीपूर्ण रहेको भन्दै सचेत रहेर कलम चलाउन आग्रह गरे ।

बुद्धशान्ति प्रेस क्लबका सल्लाहकार गंगाराम गड्तौलाले छोटो समयमा यो अनलाइन न्यूज पोर्टल स्थापित अनलाइनका रुपमा चिनिएको भन्दै शुभकामना दिएका थिए । उनले पालिका सन्देशले स्थानीय समाचारलाई प्राथमिकता दिंदै मौलिक ढंगबाट समाचार प्रेषित गर्दै आएकोमा खुसी व्यक्त गरेका छन् ।

डिजिटल अनलाईन मिडियाको भिडमा फरक अनलाइन मिडियाका रुपमा पालिका सन्देशलाई स्थापित गर्ने उदेश्यले सञ्चालनमा ल्याइएको मिडिया हाउसका अध्यक्ष सुरज दंगालले बताएका छन् ।
उनले धेरै स्थापित मिडिया र नयाँ खुल्ने डिजिटल मिडियाको भीडमै जन्मिएको पालिका सन्देश डटकमका लागि यो समय निश्चय पनि चुनौतीपूर्ण रहेको र दुई बर्षको यात्रा सफल हुनुका पछाडि आम पाठक वर्ग, विज्ञापनज्ञाता र शुभेच्छुकहरुको अतुलनीय योगदान रहेको बताए ।


अनलाइनका प्रधान सम्पादक बिष्णुप्रसाद लामिछानेले अनलाइन पत्रिकाले स्थापना कालदेखी नै निष्पक्ष , सत्य, तथ्य र सन्तुलित समाचार प्रकाशन गर्दै आएको बताए । उनले अनलाइन पत्रिकाले संधै स्थानीय तहको सञ्चार सारथीको भूमिकामा कलम चलाउँदै आइरहेको बताएका छन् ।

Views: