d

राप्रपा गौरादह: को बन्लान् मेयरका उम्मदेवार?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे 

पर्दाफास / चैत्र ३० / झापा: आसन्न स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुमा उम्मेद्वारीको लागि आन्तरिक प्रतिस्पर्धा तिब्र रुपमा शुरु भएको छ।  सबै जसो दलहरु उम्मेद्वारी छनौटको कार्यमा निकै संबेदनशील भएर लागेका छन् भने कतिपयका लागि व्यक्तिगत प्रतिष्ठा जोगिएला की गुम्ला त भन्ने चिन्ता लिंदै निर्वाचनमा उम्मेद्वार बन्न प्रयास गरेको पाईन्छ ।  

त्यसो त निर्वाचनको मौकामा सानो तिनो रकम जोहो गरौंला भन्ने ध्याउन्नमा लाग्नेको पनि कमि चाहीं देखिदैन।    

गौरादह राप्रपाको समेत चुनावी मिटिंगहरु आयोजना हुन थालेका छन्। 

पहिले पहिले २/४ जना मात्र बसेर गरिने मिटिंग बैठकहरुमा हिजोआज हल भरिने गरि खचाखच कार्यकर्ताहरु भेला हुन थालेको पाइन्छ।  

मुलत: राप्रपामा राजेन्द्र लिंग्देनको नेतृत्वमा उदय भए संगै जनलहर समेत चल्न थालेको छ र उक्त जनलहरबाट अन्य दलका राम्रा कार्यकर्ताहरू समेत राप्रपामा उदाएका छन्।  

अध्यक्ष लिङ्गदेनले राप्रपाको बिचार सिद्दान्त मन पराउने र राप्रपा प्रति सुभेच्छा प्रकट गर्ने, उच्च राजनीतिक प्रतिष्ठा भएको जो कोहीलाई पनि स्थानिय निर्वाचनमा उम्मेदवार बन्न पाउने संदेश पठाई रहँदा गौरादहमा समेत स्वतन्त्र अनुहारको खोजीमा राप्रपा निकटका केहि कार्यकर्ताहरु सकारात्मक भएर लागेको पाइन्छ।  यद्दपी त्यस्तो स्वतन्त्र अनुहार अहिले सम्म चर्चामा समेत आएको देखिदैन।  त्यस्तो कुनै राम्रो छवी भएको व्यक्तिले हिमम्त जुटाएर चुनावी मैदानमा निस्किएको खण्डमा अव स्वतन्त्र व्यक्तिलाई नगरको ५ वर्षे चावी जिम्मा लगाउनु पर्छ भन्नेहरुले उसलाई साथ नदेलान् भन्न पनि सकिदैन । 

राप्रपा गौरादहमा हाल सम्म ४ जना मेयर पदमा आकांक्षी देखिएका छन्।  

गत भदौमै आफु उम्मेदवार बन्ने आकांक्षा राखेका सान नेपालले उम्मेदवार बन्ने वा नबन्ने केहि भनेका छैनन्।  
उनि उम्मेदवार बन्ने बारे मिडियाले राम्रो स्पेस दिएको पाइन्छ भने  सामाजिक संजालमा त उनको निकैनै चर्चा हुँदै आएको देखिन्छ।  
निर्वाचनमा देखिने फजुल खर्चको चर्को विरोध गर्ने र पेशाले पत्रकारिता गर्ने नेपालले स्थानिय स्तरमा हुने भ्रस्टाचारका बारेमा बलियो कलम समेत चलाउदै आएका छन्।  उनलाई उमेद्वार बनाए राम्रो जनमत लिन सकिने देखिदै गर्दा पनि राप्रपाले भने उनलाई सतही रुपमा मुल्यांकन गर्नेगरेको पाइन्छ। निर्वाचनमा राप्रपाका उम्मेदवारले कति खर्च गर्ने सक्ने अनि आर्थिक व्यवस्थापनको पाटो के हो भन्ने सम्म कुनै मापदण्ड नबनेकाले पनि  भ्रस्टाचार विरोधी अभियन्ता समेत रहेका नेपालले गौरादहमा सहजै उम्मेद्वारी देलान् भन्ने संकेत पनि देखिदैन।  

राप्रपाबाट उम्मेदवार बन्ने चर्चामा वरिष्ठ क्षेत्रीय उपाध्यक्ष तथा राप्रपाका पुर्व नगर अध्यक्ष खेमराज तिम्सिना समेत रहेका छन्। गत स्थानिय निर्वाचनमा उनलाई राप्रपाले मेयरको उम्मेदवार उठाएको थियो। मेयरमा निकै कम मत प्राप्त गरेको भन्दै उनको आलोचना गर्नेको समेत कमि भने छैन। भोट नझर्नुमा उनको मात्र दोष हो भन्न पनि सकिदैन ।  

त्यसो त आम निर्वाचनमा समानुपातिक तर्फ महारानी झोडाको कंचनजंघा बूथ बाट मात्र १ भोट झरेको समाचारले त्यो बेला निकै बजार तताएको थियो।  र अहिले पनि राप्रपाको अवस्थाको बारेमा चर्चा हुँदा उक्त विषयले प्राथमिकता पाएको सुनिन्छ । 

पछिल्लो समय राप्रपा बाटै उम्मेदवार बन्ने आकांक्षामा क्षेत्रीय सचिव देवेन्द्र खड्का र राप्रपा केन्द्रिय सदस्य तथा मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौड्याल देखिएका छन्।  निर्वाचन बारे सामान्य छलफल गर्नको लागि डाकिएको  अनौपचारिक बैठकमा मेयरको उम्मदेवारमा खड्का र पौड्यालले आकांक्षा देखाएका थिए।  यद्दपी खड्काको उम्मेद्वारीको सपनालाई केन्द्रिय नेतृत्वमा समेत रहेका पौड्यालको उमदेवारीको चर्चाले कतै ओझेलमा त पारेको होइन भन्ने चर्चा समेत कार्यकर्ताहरुमा देखिन्छ।  

सांगठनिक रुपमा कमजोर देखिएको गौरादहमा राप्रपाले जनता सँग भिजेको र जनताको सुख दुखमा साथ दिने ईमानदार छवी भएको उम्मेद्वार खोजी गरेर निर्वाचनमा होमीनु अहिलेको ज्वलन्त आवश्यकता देखिएको छ ।  निर्वाचनमा पराजित भएपनि विजयी भएपनि नगरवासीको सेवा गर्ने व्यक्तिको खोजी गरेर नगरवासीको पीड़ामा मलमपट्टी लगाउन सकियोस् भन्ने आम चिन्ता र चासोलाई  सम्बोधन गर्दै व्यवहारिक र पुरागर्न सक्ने घोषणापत्र जारी गर्दै परिणाम हात पार्ने आधार सहित राप्रपाको मेयर पदमा उठ्ने उम्मेदवार मैदानमा निस्किनु जरूरी भएको आम नगरवासीको बुझाई छ ।  

 

 

Views: