d

चैनपुर ११ मा मनमनमा टेक बहादुर,जन जनमा टेकबहादुर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

चैनपुर ।
हेल्लो टेक साहु बोल्नुभएको हो ?
हो त । 
अनि तपाई को बोल्नु भएको ? 
म तल बरबोटेको साईला हो । 
ए अँ भन त के काम थियो? 
यहाँ काकी बिरामी हुनुभएको रहेछ लैजाने साधन नपाएर तपाईलाई फोन गरेको हो ? 
झट्टै मोटरसाईकल लिएर आउँनु न ल । 
ए हुन्छ ल म आई गए तयारी हुनु । 
यस्तै समस्या गाउँको सुन्ने बित्तिकै आफ्नो घरको काम छाडेर तुरुन्तै गाउँ अनि समाजको लागि के दिन के रात ।  के घाम के पानी नभनि सबैको दुखमा साथ दिने युवा हुन्, टेकबहादुर चौहान । 
संखुवासभा जिल्लाको चैनपुर वडा नम्बर ११ का यी चौहानलाई अधिकांशले टेक साँहु भन्ने गर्छन् । 
सामान्य परिवारमा जन्मिएका सानैदेखि अर्काको पिर पर्दा समस्या पर्दा आफ्नै ठानेर सुन्नै बित्तिकै , त्यसको निकाकरण गर्न आफ्नै कम्मर कसेर गर्छन उनी । 
कुनै पनि प्रकारको रिस राग घमण्ड नलिकन सामाजिक काम भनेपििछ सधैं अग्रपन्तिमा उभिने टेकबहादुर चौहान टेक साहु अहिले स्थानीय निकायको निर्वाचनमा चैनपुर वडा नम्बर ११ को वडाअध्यक्षको रुपमा उठ्ने तयारीमा छन् । 
अहिले स्थानीय निकायको निर्वाचनको संघारमा चैनपुर नगरपालिका ११ मा उनको वडा अध्यक्षमा उनको नाम निक्कै चर्चाको शिखरमा रहेको छ । 
राजनीतिक विचारमा नेकपा माओवादी केन्द्रसँग आवद्ध रहेका उनी पार्टीले गठबन्धन गर्दै गर्दा चैनपुर ११ का भावी वडा अध्यक्षका रुपमा वडावासीले चित्रण गरिरहेका आशा लाग्दो युवाको रुपमा चिन्ने गर्दछन् । 
मुलुकमा कोरोना कहरको माहामारी विकाराल अवस्थामा रहँदा पनि उच्च मनोबलका साथ विद्यालयमा माक्स सेनिटाईजर वितरण गरेर अग्रपन्तिमा उभिएका थिए । 
त्यसो त युवाहरुको लागि खेल समाग्री ड्रेस लगायतका सामान वितरण गरेर स्थानीय स्तरमा खेलविकासमा उनको देन महत्वपूर्ण छ । 
बिभिन्न धार्मिक कार्य होस या सामाजिक काममा पनि उत्तिकै सक्रिय चौहान जनताको पिरमर्कामा कैले ब्याक भएका छैनन् । 
वडाको भष्ट्रचार र विकृती हटाउनका साथै समृद्ध वडा बनाउन उनि जनतामाझ एजेण्डा लिएर पुग्ने बताउछन् । 
म बोलेर हैन गरेर देखाउँछु्, टेकबहादुरले भने, म बाँचा गर्दछु। जिताएर देखाउनुहोस । पक्कै तपाई तपाईहरुले भनेको वडा चाँहेको विकास गर्नेछु  । 

राजनीति मेरो आम्दानी होईन,सेवाको माध्यम हो भन्ने नारासहित आसन्न स्थानीय निर्वाचनमा वडा अध्यक्षको उम्मेवदार बनेर नै छाड्ने टेकबहादुर जन जनमा मन मनमा छन् । 
वडाको समग्र विकासमा आफुले ध्यान दिने भन्दै प्रचार सुरु गरेका छन । खेलकुद,धार्मिक र सामाजिक कार्यमा एकदमै अब्बल देखिएका विपन्न र पीडामा रहेकालाई तत्कालै सहयोग गर्दै आउँने उनको शैली सबैले रुचाएका छन् । 
टेकबहादुरले कुरा गर्दै भने, वडाका वासिन्दाले परिवर्तन खोजेका छन्।  जनप्रतिनिधी सेवक हुनुपर्छ, शासक होईन’ भन्ने पक्षमा रहेको पाए, मेरो उदेश्य भनेको वडा र वडावासीको विकास हो,उनीहरुको समस्यासित हरदम नजिक हुने हो र समाधानको उपाय खोज्ने हो,राजनीति मेरो पेशा होईन,चौहानले भने ‘तर, अहिलेको परिवेशमा युवाको आवश्यकता हो भन्ने मेरो बुझाइ छ।’
 चौहानले आफूले पाउने सुविधा समेत जनहितमा खर्च गर्ने बताउदैं आएका छन् । 
म कमाउन आएको होईन, जनताको मन जित्ने काम गरेर रमाउन आएको हो । दुखसुखको सारथी बन्न आएको हुँ,उनले भने ।

Views: