d

गौरादह: राप्रपामा उदाए दुई युवा नेत्री: उपमेयरमा उठ्ने चाहना

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: स्थानीय निर्वाचनको समय नजिकिदै गर्दा दलहरूले उम्मेद्वारी छनौटको कार्यलाई तिब्र बनाउदै गर्दा गौरादहमा राप्रपाको तर्फबाट २ महिलाहरूले उपमेयरको उम्मेद्वार बन्ने आकांक्षा राखेका छन् । राप्रपा भित्र युवाहरूको क्रेज बढ्दै गर्दा र अधिकांश स्थानीय तहमा राप्रपाले युवा उम्मेद्वारहरु सिफारिस गर्दै गर्दा गौरादहमा समेत करुणा खड्का र मिरा कार्कीले उपमेयरमा उम्मेद्वारी दिने इच्छा व्यक्त गरेका हुन् । 

वडा नं. १ निवासी करुणा खड्का कानूनकि विद्यार्थी हुन् । उनी ब्राइट भिजन कलेज बिराटनगरमा एल एल वी दोश्रो वर्षमा अध्ययनरत छिन् । 

त्यस्तै लामो समय देखि शिक्षण पेशामा रहेर हाल स्नातकोत्तर तहमा अध्ययनरत गौरादह २ निवासी रमा कार्कीले समेत पार्टीले विश्वास गरेर टिकट दिएको खण्डमा  उपमेयरमा उम्मेद्वार हुन चाहेको बताएकी हुन् । 

उपमेयरकै पंक्तिमा नेत्री भरिपूर्ण राईको समेत गौरादहमा राम्रै चर्चा चल्ने गरेको पाइन्छ । 

नेत्री राईले वडा नं. ७ को वडाध्यक्षमा समेत उम्मेद्वारी दिने सम्भावना रहेको बताइन्छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म गौरादहको कुनै पनि तहमा औपचारिक रूपमा उम्मेद्वार घोषणा गरेको छैन । 

 

Views: