d

राप्रपा गौरादह: प्रजातान्त्रिक राष्ट्रिय युवक संगठनको १ सय १ सदस्यीय नगरसमिति गठन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीको भात्री संगठन  प्रजातान्त्रिक राष्ट्रिय युवक संगठनको नगर नेतृत्वमा संतोष ठटाल चयन भएका छन् । गौरादह डिपुचोक स्थित पार्टी कार्यालय सम्पन्न भएको भेला बाट ९ वटै वडाबाट प्रतिनिधित्व हुनेगरी १ सय १   सदस्यीय तदर्थ समिति गठन गरिएको हो।  

 

May be an image of 7 people, people sitting and people standing

 

आसन्न स्थानिय निर्वाचनमा प्रचारप्रसारमा सहजता ल्याउन र राप्रपामा बढ्दो जनलहर संगै युवाहरुलाई संगठित गर्ने उद्देश्यले तदर्थ समिति गठन गरिएको र निकट भविस्यमै नगर अधिवेशन गर्ने तयारी रहेको बताइएको छ। 

नवघोषित समितिको उपाध्यक्षमा मनोज राई, सचिवमा कविन्द्र चुडाल र किरण थापा, कोषाध्यक्षमा निरज निरौला रहेको बताइएको छ।  

May be an image of 9 people, people sitting and people standing

 

नगर पदाधिकारी सदस्य नरबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य अम्बर बिष्ट, जिल्ला प्रवक्ता तथा युवक संगठन क्षेत्रीय अध्यक्ष सान नेपाल, क्षेत्रीय वरिस्ठ उपाध्यक्ष खेमराज तिम्सिना, लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन नगर अध्यक्ष शान्तिराम पौड्यालले गरेका थिए।  

 

May be an image of 6 people, people sitting and people standing


 

Views: