d

कमल गाउँपालिकामा अध्यक्षको उम्मदेवार बन्ने अधिकारीले गरे दावी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र न ५ अन्तर्गत प्रदेश 'ख' का उपाध्यक्ष तथा संचारकर्मी स्याम अधिकारीले आसन्न स्थानिय निर्वाचनमा कमल गाउँ पालिकाको अध्यक्ष पदमा आफु उम्मेदवार बन्न सक्ने दावी गरेका छन्।  युवा नेता अधिकारीले पार्टीले टिकट दिए आफु निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बन्न योग्य रहेको बताएका हुन्।  

युवा नेता अधिकारी झापाका स्थापित व्यवसायी समेत हुन्।  

कमल गाउँ पालिकामा अधिकारी बाहेक गाउँकमिटि अध्यक्ष युवराज खड्का र प्रदेश सदस्य विक्रम अधिकारी समेत अध्यक्ष पदमा दावेदार देखिएका छन्।  

युवाहरु माझ लोकप्रिय रहेका अधिकारीले उम्मेदवार बन्न राखेको आकांक्षालाई अर्थपूर्ण हेरिएको छ।   

Views: