d

चर्चित सामाजिक अभियन्ता ज्वाला संग्रौला राप्रपा प्रवेश 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ: भ्रस्टाचार विरोधी चर्चित अभियन्ता ज्वाला संग्रौला राप्रपा प्रवेश गरेकी छिन्।  आज  काठमाण्डौमा भएको एक कार्यक्रमका विच संग्रौलालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देनले पार्टीमा स्वागत गरेका हुन्।  

संग्रौला संगै आज राप्रपामा प्रवेश गर्नेहरुमा चिकित्सक डा.रामप्रसाद उप्रेती, सशस्त्र प्रहरीका अवकाशप्राप्त डिआइजी मन्दिप श्रेष्ठ, जिता बराल, गत निर्वाचनमा माओवादी केन्द्रबाट ललितपुर महानगरमा उपमेयरको उम्मेदवार रहेकी हसिना शाक्य, ६ जना चार्टर्ड एकाउन्टेन्ट, ४ जना इन्जिनियर रहेका छन्।   

स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा मुलुकभर बाट राप्रपा प्रवेश गर्नेको जनलहरनै चलेको छ।  

 

 

उनले सामाजिक संजालमा यस्तो लेखेकी छिन् 

मेरो जन्मदिनको अवसरमा मलाई बिभिन्न माध्यामहरुबाट शुभकामना दिनुहुने आमाबुबा ,दाजुभाई तथा दिदीबहिनीहरुलाई हृदयदेखि नै धन्यबाद दिन चाहन्छु। साथै नया बर्षको शुभकामना पनि अर्पण गर्दछु । यो बर्ष मेरो लागि अन्य बर्षहरु भन्दा पृथक भयो । किनकी आजैबाट म एक असल इमानदार राष्ट्रभक्त नेता आदरणीय राजेन्द्र लिङदेन ज्युले नेतृत्व गर्नु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेकी छु । सानोतिनो समाजसेवा बाट सुरु भएको मेरो यात्राका कैयौं घुम्तीहरुमा मैले यस्ता दुखले बाचेका मान्छेहरु पनि भेटें, जो सॅग ,”खाना खानु भो?” भन्ने प्रस्नको जबाफ सम्म थिएन किनकी उनीहरुसंग खाना नै थिएन। एकदुई दिनको छाक टार्न एउटा अभियन्ता बनेर संभव त थियो तर उनीहरुको जीबनको अन्तिम ग्यारेन्टी यो देशमा थिएन । जीबनको ग्यारेन्टी त्यो मान्छेले मात्र लिन सक्थ्यो, जो संग यो मुलुकको चाबी थियो तर त्यो चाबिको हकदार भ्रस्टाचारमा लिप्त थियो। ऊ राजनीतिको नाममा अरु केहि गरिरहेको थियो। उस्लाई मुलुकका नागरिकहरुको स्वास्थ्य, शिक्षा ,रोजगारी , गॅास , बास र कपासको मतलब थिएन । न्यायलय, प्रहरी प्रशासन , कर्मचारीतन्त्र सब नेताको मुठ्ठीमा कैद गरिए। “ठूलालाई चैन र सानालाई ऐन “ मुलुकमा हाबी हुदै गर्दा अनि देशको स्वाधिनता र अर्थतन्त्र ध्वस्त भैरहॅदा अब सॅधै अभियन्ता मात्र बनेर सडकमा कराउदै र सरकारले बनाएका बेथितिका खाडलहरु पुर्दै मात्र हिड्ने कि राजनीतिमै प्रबेश गरेर भ्रस्ट , लुटेरा र राष्ट्रचुसक बिरुद्व लड्ने भन्ने अन्तर्द्वन्दका बीच मैले दोस्रो अप्सन रोजें र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गर्ने निर्णय गरें। मेरो निर्णय कतिलाई सहि लाग्ला कतिलाई गलत लाग्ला, तर म आफूले जे गरें सहि गरें भन्ने कुरामा ढुक्क छु। ज्वालाले अब पार्टीमा लागेर समाजसेवा छोडी भन्ने धेरैको मनमा लाग्दो हो, तर म पार्टीभित्रै रहेर निरन्तर जनतासंग पुग्ने छु र अन्याय , अत्याचार र भ्रस्टाचार  बिरुद्व निरन्तर अविरल आवाज उठाउने छु। फरक यतिमात्र हो, हिजो म खुल्ला आकाशमुनी डरलाग्दो घाम , झरी आंधि , तुफान र मेघहरुलाई सहेर कराउदै हिड्थें र काम गर्थें भने आज एउटा छातामुनी आएकी छु । सके सफा गर्ने छु, नसके फोहर गर्ने छैन। मेरो अबको लडाई यो बाद र ऊ बाद बीचको हुनेछैन, राष्ट्रघात र राष्ट्रबाद  बीचको हुने छ ।
#जयदेश

Views: