d

 राप्रपा मेचीनगर: उपमेयरमा बजगाईंको उम्मेद्वारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: मेचीनगर नगरपालिकामा महिला नेत्री सविना बजगाईंले उपमेयर पदमा उमेद्वार दिने भएकी छिन्।  नेत्री बजगाईं राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर नगर कमिटि अध्यक्ष  हुन्। बजगाईंले पार्टीमा नेत्रत्व सम्हालेसंगै मेचीनगरमा राप्रपाको संगठन बलियो हुँदै गएको पाइन्छ।
यस नगरमा १ वर्ष अघि सम्म सांगठानिक हिसाबमा राप्रपा निकै कमजोर मानिन्थ्यो।   राजेन्द्र लिङ्ग्देनले केन्द्रिय नेतृत्व सम्हाले संगै मेचीनगरमा समेत राप्रपाको पकड बलियो हुँदै गएको राप्रपाका स्थानिय नेता कार्यकर्ताहरु बताउछन्।  

'सविना दिदि एक अब्बल महिला नेत्री हुनुहुन्छ, वहाँको नेतृत्व क्षमताले मेचीनगरमा राप्रपाले निकै ठुलो फड्को मारेको छ।', एक महिना अगाडी मात्र एमाले परित्याग गरि राप्रपा प्रवेश गरेका मेची नगर १० का युवा विकाश नेपाल बताउछन्।  

अध्यक्ष बजगाईंकै सांगठानिक कार्यशैली मन पराएर आफुले राप्रपा रोजेको नेपालको भनाइ छ।  

'वहाँमा युवाहरुलाई मोटिभेसन गर्ने क्षमता छ, यही क्षमताका कारण पनि मेची नगरमा राप्रपा प्रवेशको कार्यक्रमहरु दैनिक रुपमा हुने गरेको छ। ', नेपालको भनाइ रहेको छ।

मेचीनगर नगर कमिटिले 'एक घर एक राप्रपा अभियान' लाई समेत प्रभावकारी रुपमा संचालन गरेको पाइन्छ।        
   

Views: