d

कृषककै गुरु बन्ने गुरुप्रसादको यस्तो छ वडामा गुरु योजना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संखुवासभा/ पर्दाफास बैशाख ४:  लामो समयदेखि शिक्षण पेशामा संलग्न रहेका धर्मदेवी ८ का एमाले नेता गुरुप्रसाद नेपालको वडाध्यक्ष उम्मेदवार बन्ने निश्चित देखिएको छ। चौंतिस वर्ष लामो शिक्षण पेशाबाट भर्खरै स्वेच्छिक अवकास लिएका नेपालले संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ८ बाट एमालेको तर्फ बाट उम्मेद्वारी दिने निश्चित भएको बताइएको हो।  

वडा अध्यक्षको उम्मेदवार बन्ने निश्चित भए संगै नेता नेपालले आफु जनप्रतिनिधि हुन चाहना गर्नुको मुख्य उद्देश्य कृषि र पशुपालनको  क्षेत्रमा धर्मदेवीलाई नमुना पालिका बनाउने रहेको  बताउछन्।  

  नेकपा एमालेको वडा इञ्चार्ज समेत रहेका नेपाल स्थानीय सिद्धदेवी आधारभूत विद्यालयको शिक्षकको रुपमा कार्यरत थिए । २०३९ सालदेखि संगठनमा आवद्ध भइ २०४५ सालमा पार्टीको सदस्यता लिएका नेपाल तत्कालिन समयमा संखुवासभाको किसान संघको इलाका सदस्य रहेका नेपाल २०६० सालमा नेकपा माओवादीमा लागेको भनेर शिक्षक पेशाबाट निलम्बनमा परि ८ महिनासम्म हिरासत र जेल बसेका ५९ वर्षीय नेपाल अगुवा कृषकको रुपमा समेत परिचित छन् ।


अलैंची खेती, माछापालन, बाख्रपालन लगायतका पेशामा समेत आवद्ध रहेका नेपालको वडाध्यक्षमा विजयी भएपश्चात कृषि र पशुपालनबाटै वडामा आर्थिक क्रान्ति ल्याउने योजना छ । जीवन अलैंची फर्मका साथै विहीबारेमा जीवन भेटेरनरी औषधि पसल समेत सञ्चालन गर्दै आउनु भएका नेपालले वडामा कृषि तथा पशुपालनलाई कसरी अघि बढाउने भन्ने खाका नै बनाएका छन्।  वडाको भूगोलको विविधता अनुशारका पशुपालन तथा कृषि बालि लगाएर आधुनिक प्रविधिको प्रयोग गरि कृषि र पशुपालनबाटै वडालाई नमुना वडा बनाउने उनको अठोट छ । 
'सेरा खोला पश्चिममा सुख्खा क्षेत्र पर्छ, त्यहाँदेखि भाङटारसम्मै बाख्रापालन राम्रो फस्टाउँछ, त्यसैले त्यस क्षेत्रलाई बाख्रापालनको पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्छ ।' नेपाल भन्नछन, 'सेरा खोला पूर्वमा अलि रसिलो जमिन छ, त्यतातिर भैंसी, राँगा, बंगुर र माछापालन तथा कृषिको राम्रो संभावना छ, सोही अनुशार योजना बनाएर अघि बढ्नुपर्छ ।' आफु वडाध्यक्ष निर्वाचित भएपछि वडाका सबै परिवार कृषि वा पशुपालनमा आवद्ध हुनेछन् र त्यसबाट संवृद्ध बन्ने उनको भनाइ छ ।

 
उहाँका अनुशार आँप, लिची, कटहर लागयतका फलफूल, मरिच, स्थानीय जातको टमाटर, साग लगायतका तरकारीको व्यवसायीक खेति गर्न वडाले कृषकहरुलाई सहयोग गर्नेछ । यस्तै उखूको खेति अझ विस्तार गरि उखूजन्य उत्पादनका लागि उद्योग नै सञ्चालन गर्ने योजना छ भने रुद्राक्षलाई बैज्ञानिक तरिकाले खेति गर्ने तथा बाँस खेति गरि हस्तकलाका सामाग्री उत्पादनका लागि तालिम दिने योजना रहेको छ । वडाबासीहरुलाई व्यवसायीक कृषि र पशुपालनबाटै समृद्ध बनाएर छाड्ने अठोट बोकेका नेपाल यसबाटै वडाबासीले आर्थिक सम्वृद्धि हासिल गर्नेमा विश्वस्त छन्।  उत्पादित सामाग्रीहरुलाई बजारिकरणको लागि समेत वडाले नै सहजिकरण गर्ने उनको भनाइ छ । बजारिकरणका लागि किमाथांका र जोगमनी जोड्ने बाटोका कारण निकै सहज भएकाले कृषिले नै यस वडाको मुहार फेर्ने नेपालको दाबी छ । आफुले शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, शिक्षकको रुपमा कार्यरत रहँदाको जनसम्पर्क, कृषि क्षेत्रमा आफूले गरेको कामको मूल्यांकन तथा इमान्दारिता र मेहनत देखेर नै वडाबासीले आफुलाई जिताउनेमा नेपाल ढुक्क छन् ।
कोशी बुलेटिन डट कमको सहयोगमा 

Views: