d

नगरकाे सेवा सुबिधा नलिई जनताकाे काम गर्ने भट्टराईकाे नगर प्रमुखमा दाबी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झगेन्द्र खड्का 
गौरादह/आगामी बैशाख ३० गते हुन गहिरहेकाे स्थानीय निर्वाचनमा गौरादह नगरपालिकाकाे मेयरमा सीताराम भट्टराईले दाबी प्रस्तुत गरेका छन।बिद्यार्थी जीवन काल देखि नै ने.बि.संघमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका भट्टराई राजनीति कार्यकालमा जनताकाे सेवक भएर काम गर्न सक्रियताका साथ  लागि रहेका छन।२०३९ साल देखि ने.बि.संघमा प्रवेश गरि राजनीतिमा हुमिएका भट्टराई जनताको मन जित्दै यश क्षेत्रबाट नेपाली कांग्रेस पार्टीको बैगुन्धुरा सभापति, झापा जिल्ल सदस्य ,  हुँदै ३ पटक महादिबेशन प्रतिनिधि भई कुसलता पुर्वक भुमिका निर्वाह गरिसकेका छन। शैक्षिक याेग्यतामा समेत अबल रहेका भट्टराईले नेपाल सरकारकाे बिद्यालय निरिक्षक पदमा सरकारी सेवामा समेत रहेर काम  गरिसकेका छन। यश अघिकाे स्थानीय निर्वाचनमा क्षेत्रफलकाे आधारमा गौरादह नगरपालिकामा रहेकाे ठुलाे वडाकाे वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्षकाे रुपमा रहदा भट्टराईले वडा सिलिङ बजेट कम भएमा आफ्नो निजी लगानीमा वडाकाे बिकाश गरेकाे स्थानीयकाे भनाइ छ।वडाध्यक्षमा रहेर जनताकाे काम गर्ने सिलसिलामा ५ बर्षकाे अवधिमा सरकारी गाडी तथा टिएडिए, ईन्धन लगायतका कुनै प्रकारका सरकारी सेवा सुबिधाकाे प्रयाेग नगरी जनतकाे सेवा गर्ने वडाध्यक्षकाे रुपमा भट्टराईलाई लिइन्छ। भट्टराईले वडाध्यक्षकाे रुपमा ५ बर्ष काम गर्दा वडाध्यक्षले पाउने पारिश्रमिकबाट वडामा कम्प्युटर अपरेटर राखेर जनताकाे सेवा गरेका छन। गौरादह नगरपालिका साबिकका ५ वटा गाबिस मिलेर बनेपनि अन्य गाबिसलाई ३ वा २ वडामा बिभाजन गरिएकाे छ। साबिककाे बैगुन्धुरा गाबिस सिङ्गै वडा नं -९ रहेकाे छ। क्षेत्रफलमा ठुलाे वडा रहेपनि नगरपालिकाबाट बिनियाेजित हुने वडा सिलिङ बजेट भने यन्य वडाकाे हाराहारीमा बिनियाेजित हुदापनि बिकाशमा कुनै कमी नभएकाे वडा बासिकाे भनाइ छ। पछिल्लो समयमा राजनितीमा समेत उत्तरदायी भुमिका निर्वाह गर्दै आएका भट्टराई यश क्षेत्रमा सफल व्यावसायिकारुपमा चिनिन्छन। कसैकाे आँखामा राख्दा नबिजाउने ,निडर र नेतृत्वमा रहेर कुसलता पुर्वक जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमता भट्टराईमा छ। यसपटकको स्थानीय निर्वाचनमा नगर प्रमुख सहित अन्य पदमा उमेदवार चयन गर्दा निस्कलङकित, जनताकाे काम गर्न सक्ने, क्षमतावान ब्याक्तीलाई पार्टीले अवसर दिनुपर्ने भट्टराईकाे भनाइ छ। यश क्षेत्रमा पार्टीले दिएकाे जिम्मेवारी र जनताको काममा सफलता पुर्वक काम गरेकाले नगर प्रमुखको पद आफुले पाउनु पर्ने उनकाे दाबी  छ। पार्टी र जनताकाे सेवा गर्ने साथीहरूले नगर प्रमुख सहित अन्य पदमा उमेदवार बन्न इच्छा राख्नु साेभाबिक भएकाे बताउदै पार्टीले उमेदवार छनौट गर्दा पद चलाउन सक्ने र जनताकाे काम गर्न सक्ने ब्याक्तीलाई उमेदवारी दिनुपर्ने उनकाे भनाइ छ। पार्टीले उमेदवार दिएमा आफू नगर प्रमुखको पदका लागि याेग्य उमेदवार रहेकाे भट्टराईले बताएका छन। नगर प्रमुख पद समाली सहि नेतृत्व दिन सक्ने क्षमता भएका भट्टराईलाई यश पटककाे स्थानीय निर्वाचनमा उमेदवार छनौट गर्दा जनतालाई सहज हुनुका साथै पार्टीलाई समेत फाइदा हुने देखिन्छ।

Views: