d

सत्तागठबन्धन दलहरूको छलफल निष्कर्षमा पुगेन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सत्तागठबन्धनमा आबद्ध दलहरूबीच सोमबार दिनभर छलफल भए पनि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार बाँडफाँटमा सहमति जुट्न सकेन । ६ महानगर र ११ उपमहानगरको भागबन्डा मिलाउन प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार दिनभर छलफल भएको थियो । 

सहमति नजुटेपछि मंगलबार बिहान साढे ११ बजे फेरि बस्ने गरी गठबन्धन दलका नेताहरू सोमबार साँझ बालुवाटारबाट बाहिरिएका छन् । छलफलपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिको नजिक पुगेको दाबी गरे । 

उनले भोलि महानगर र उपमहानगरमा सहमति हुने दाबी गरे । ‘समग्रमा सबै ठाउँमा सहमतिको नजिक पुगेका छौँ,’ उनले भने, ‘भोलि सहमतिको विषय तपाईंहरूलाई जानकारी गराउँछु ।’

महानगर र उपमहानगरमा वडा तहसम्मै केन्द्रबाटै बाँडफाँट गर्ने गरी छलफल भएको थियो । 

Views: