d

गौरादह कांग्रेसको मेयर भोली टुंगो लाग्ने, सम्भावना कसको?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाली कांग्रेसले गौरादहमा मेयर पदको उम्मेद्वारीको किनारा बुधवार सबेरै लगाउने भएको छ।  मंगलवार बसेको बैठकमा ९ जना आकांक्षी देखिए पछि आज मंगलवार गर्ने भनिएको घोषणाको टुंगो नलागेको बताइएको हो । 

नेपाली कांग्रेसका एक स्थानिय नेताले भने, 'हामीले आजै उम्मेद्वारको फाइनल गर्ने भनेका थियौं, आकांक्षी धेरै बढेपछि टुंगोमा पुग्न सकिएन भोलि बिहानको बैठकले टुंगो लगाउँछ।'

आज बसेको अगुवा कार्यक्रताको भेलामा रोहित कुमार साह, जीवन कुमार राई, यादवराज सेडाइ, सिताराम भट्टराई, हेमन्त कार्की, भुपाल कटुवाल, बद्री कार्की, रामकुमारी पौडेल र प्रकाश कार्की गरि ९ जना आकांक्षी देखिएका बताइएको छ।  

'सक्षम व्यक्तिहरुले निर्वाचनमा उम्मेदवार बन्ने चाहना राख्नु स्वाभाविकनै हुन्छ, भोली बिहान सम्ममा मेयरको उम्मेदवार टुंगो लाग्छ।', उनले भने।  
९ जना मध्ये कसलाई छानिने सम्भावना छ भनें प्रश्नको उनले जवाफ दिन चाहेनन्। 
'हामी नोमिनेसनको नजिक छौं, भोलीनै उम्मेदवार फाइनल हुन्छ, म यति मात्र भन्न सक्छु।', ती नेताले भनेका छन्।  

Views: