d

राप्रपा गौरादहले तय गर्यो मेयर र उपमेयर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ बैशाख ७ / झापा: गौरादह राप्रपाले  मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ।  आसन्न स्थानिय निर्वाचनको लागि मेयर पदमा गोपाल पौड्याल र उपमेयरमा भरिपुर्ण राईको उम्मेद्वारी रहने गरि तय गरेको हो।  

पहिलेनै अनौपचारिक छलफलबाट उम्मदेवारीको तय गरिएको भएपनि पार्टी कार्यालय डिपु चोकमा बुधवार बसेको उच्चस्तरीय भेलाले उक्त निर्णय गरेको  क्षेत्रीय वरिष्ठ उपाध्यक्ष खेमराज तिम्सिनाले बताएका छन्।  

दुवै उम्मेदवारको लागि बैठकमा तिम्सिना आफैंले नाम प्रस्ताव गरेको र हल बाट सर्वसम्मत निर्णय भएको उनले बताए।  

यसअघि मेयर पदमा नेता पौड्याल सहित जिल्ला प्रवक्ता सान नेपाल, क्षेत्रीय वरिस्ठ उपाध्यक्ष खेमराज तिम्सिना र क्षेत्रीय सचिव देवेन्द्र खड्का समेत आकांक्षी रहेका थिए।  

मेयर र उपमेयरमा प्रभावशाली उम्मेदवार उठाए संगै अन्य दल संग एकता गर्ने सम्भावना समेत टुंगिएको संकेत देखिएको छ।  

मुख्य पदमा उम्मेद्वारी छनौट संगै वडाध्यक्ष लगायतका सबै पदमा बिहिवार बिहान सम्ममा निर्क्योलमा पुगिने र प्रचारप्रसार कार्यलाई तिब्र बनाइने बताइएको छ।  
 
भेलामा केन्द्रिय सदस्य अम्बर विष्ट, प्रदेश अध्यक्ष राम थापा, झापा जिल्ला अध्यक्ष केशब प्रसाद ओझा, क्षेत्रीय अध्यक्ष भिम पौड्याल, क्षेत्रीय वरिस्ठ उपाध्यक्ष खेमराज तिम्सिना, क्षेत्रीय सचिव देवेन्द्र खड्का, प्रदेश 'क' अध्यक्ष जय गुरुङ, नगर अध्यक्ष शान्तिराम पौड्याल लगायतका स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा सम्पन्न बैठकले उक्त निर्णय गरिएको तिम्सिनाले बताएका छन्।  
  
मेयरको उम्मेदवार रहेका पौड्याल गत महाधिवेशनमा भारी मतका साथ निर्वाचित भएका केन्द्रिय सदस्य हुन्। 
 
त्यस्तै पार्टीको विभिन्न तहमा रहेर जिम्मेवारी बहन गरिसकेकी गौरादह ७ दुधाली निवासी महिला नेत्री राई सामाजिक राजनीतिक रुपमा सदैव चर्चामा रहने राप्रपा जिल्ला कार्यसमिति सदस्य हुन् भने उनि महिला सशक्तिकरण संस्थाकी अध्यक्ष समेत रहेकी छिन्।  

उम्मेद्वारी घोषणा संगै मेयरका प्रत्यासी उम्मेदवार पौड्यालले गौरादहको राप्रपालाई सांगठानिक रुपमा बलियो बनाउनको लागि उम्मेद्वारी दिएको बताएका छन्।  

'गौरादह राप्रपा पहिले जुन पोजिसनमा थियो त्यसलाई अझ बलियो र प्रभावकारी बनाउने कार्यमा लाग्ने छु, मेरो पहिलो मिसन भनेकै राप्रपालाई बलियो शक्तीको रुपमा स्थापित गराउनु हो।', पर्दाफास संग कुरा गर्दै पौड्यालले भने।  

गौरादह ४ मिलनचोकका स्थायी वासिन्दा पौड्यालले स्थानिय जनता मा.  वि. बाट प्रवेशिका परिक्षा उतिर्ण गरेका हुन्।   उनको प्रारम्भिक उच्च शिक्षा अध्ययन गौरादह क्याम्पसबाट भएको हो। 

 स्टार एफ एम का प्रवन्ध निर्देशक समेत रहेका पौड्याल युवा पंक्तिमा लोकप्रिय मानिन्छन्।  प्रजातान्त्रिक राष्ट्रिय विद्यार्थी संगठनको केन्द्रिय अध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका  पौड्यालको उम्मदेवारी संगै गौरादहको राजनीतिले नयाँ मोड लिने निश्चित देखिएको राप्रपा नेता कार्यकर्ताको बुझाई छ।  

पौड्यालले  मेयर पदमा उम्मेद्वारी दिने भए संगै गौरादहको राजनीतिमा नयाँ मोड आउने समेत अनुमान गरिएको छ।   

उपमेयरको उमेद्वार बन्नुभएछ तपाईंको पहिलो मिसन के रहन्छ ? भन्ने पर्दाफासको जिज्ञासामा पौड्यालले भने, 'धनीपुर्जा र फिल्ड नक्साविहिन भएका महारानी झोडाबासीको अधिकारको लागि मेरो पहिलो लडाइ रहने छ।' 
। 
'महारानी झोडाले राष्ट्र हाँक्ने नेता जन्माएको छ तर त्यहि ठाउँका वासिन्दा धनीपुर्जा विहिन छन्, यसलाई सम्बोधन गर्नु मेरो पहिलो कर्तब्य रहने छ।', पौड्यालले बताएका छन्।  

नगरपालिकाको मेयर पदमा उठ्दै गर्दा पार्टीको केन्द्रिय घोषणा पत्रका साथै स्थानिय घोषणा पत्र प्रकाशन गरेर आफुले उम्मेद्वारी दिनुको उद्देश्य बारे ब्रिफिंग गर्ने समेत पौड्यालले बताएका छन्।  

उता उपमेयर पदमा उम्मेदवार घोषित भएकी महिला नेत्री भरिपुर्ण राईले पार्टीका  नेता तथा आम कार्यकर्ताको भावनालाई कदर गर्दै अगाडी बढ्ने बताएकी छिन्।  

स्थानिय सरकार संचालन ऐनले उपमेयरको कार्य क्षेत्रलाई फराकिलो रुपमा उल्लेख गरेको  बताउदै नेत्री राईले भनिन् , 'हिजो पनि म जनताको सेवामै व्यस्त रहेकी एक सामाजिक अभियन्ता हो, उपमेयर पदमा जिम्मेवारी सम्हाल्न पाएको खण्डमा अझ उर्जाशील भएर कार्य गर्नेछु।' 

राजेन्द्र लिंग्देंनले केन्द्रिय नेतृत्व सम्हाले संगै गौरादहमा समेत राप्रपाको सङ्गठन बलियो हुँदै गएको पाइन्छ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर र उपमेयरको घोषणा गरिरहँदा अन्य दलले भने अहिले सम्म केही वडा अध्यक्ष बाहेक अन्य पदमा उम्मेदवार तय गरेको पाइदैन ।  

Views: