d

विर्तामोड राप्रपाको यस्तो छ सबै वडा जित्ने रणनीति 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बैशाख ८, २०७९ / विर्तामोड -  परिवर्तन सम्भव छ हाम्रै पालामा भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विर्तामोड नगर पालिकाको सबै वडा जित्ने दावी गरेको छ। आज चुनाव चुनाव प्रसार कार्यलय उद्घाटन गर्दै प्रमुख अतिथि भक्ति सिटौलाले कार्यक्रता भेला माझ उक्त भनाई राखेका  हुन । देशै भर आएको जनलहरले विभिन्न पार्टिबाट राप्रपामा प्रवेश गर्नेको लहर बढेको  चारै तिर भोट हलोमा दिने जनताको आश्वासन रहेको कुरामा ढुक्क भएको  सिटौलाले वताए । यो पटक पार्टीका कार्यक्रताले सुझ बुझका साथ जनतामाझ केन्द्रले घोषणा गरेको घोषणा पत्र बुझाउन कार्यक्रतालाई आग्रह गरेका छन । उम्मेद्वारको घोषणा सभा बैसाख १० गते सोहि कार्यलयमा हुने जानकारी राप्रपा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले बताएका छन । पार्टीमा नया पुरानो नहुने सबै एकजुट भएर लागे १० वटा वडामा जित हासिल हुने उनको भनाई रहेको थियो ।गएको चुनावमा  विर्तामोड नगर पालिकाको वडा न.८ मा अध्यक्ष पद र दुई सदस्य सहित जित हासिल गरेको  थियो झापाको मुटुु भनेर चिनिने विर्तामोड नगर पालिका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदे्नको कर्म क्षेत्र रहेको छ । गएको चुनावमा अध्यक्ष पदमा  त्रिपक्षिय प्रतिष्प्रदा भएको थियो ।

यो पटक देशमा मौलाएको भष्टाचार , बेथिति कारण जनता भोट राप्रपाको हलोमा दिन उत्साहित भएको बताउदै विर्तामोड राप्रपा नगर अध्यक्ष रन्जु प्याकुरेल बरालले बताएकी छन । राप्रपा विर्तामोडमा कुनै दल संग गठबन्धन गर्न नहुने बताउदै प्याकुरेलले अन्य पार्टीबाट आउने नेतालाई अवसर दिन सकिने बताएकी छन ।

कम खर्च गरेर पनि चुनाव लडन सकिन्छ भन्ने उदाहरण दिन पनि आफू पार्टीले निर्देशन गरेको पदमा उठन तयार हुने उनको भनाई रहेको छ । विर्तामोड नगर पालिकामा मेयर पदमा दावी मानिएका  उम्मेद्वार भक्ति सिटौला,राजकुमार पोखरेल,धु्रव उप्रेती, रन्जु प्याकुरेल को हुने बारेमा प्रदेस, केन्द्र बाट निर्णय हुने भएको छ । हलो चिन्हमा भोट दिनु भन्दै राप्रपा विर्तामोडले  घर दैलो कार्यक्रमको पनि सुरुवात गरिसकेको छ । बिन्जु मिडिया कर्नर बाट साभार गरिएको।  photo: binju media

Views: