d

पौडेलको उम्मेदवारीले धर्मदेवीमा हलचल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 संखुवासभा । संखुवाभसाको धर्मदेवी नगरपालिका नेकपा एमालेले मेयर र उपमेयरको उम्मेदवार चयन गरेको छ ।

बुधबार बसेको प्रदेश कमिटीको बैठकले वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका लोकप्रिय नेता उदयचन्द्र पौडेललाई मेयरमा र लक्ष्मी गिरीलाई उपमेयरमा उठाउने निर्णय गरेको छ । दुवैजना पार्टीको जिल्ला कमिटी सदस्य हुन् । वडा नम्बर ९ निवासी गिरी सामाजिक संघसंस्थामा आवद्ध भएर समाजमा आफ्नो परिचय स्थापित गरिसकेकी नेतृ हुन् ।

गिरीले उपमेयरमा जितेपछि आफ्नो अधिकारलाई सदुपयोग गर्दै महिला र नगरवासीको हकहितमा सधैं लाग्ने जनाएकी छिन् । मेयरमा सिफारिस भएका पौडेल धर्मदेवीको इन्चार्ज पनि हुन् ।

पौडेल र गिरीले टिकट पाउने भएपछि पार्टीमा मात्र होइन नगरवासीमा समेत खुशी छाएको पार्टीका जिल्ला कमिटी सदस्य दिनेशराज अधिकारीले बताए । ‘मेयर र उपमेयरको उम्मेदवारी दिने व्यक्ति सबैको साझा उम्मेदवारको रुपमा हुनुहुन्छ भने पनि हुन्छ, उहाँहरुविरुद्ध कसैले औंलो ठड्याउन मिल्ने ठाउँ छैन’ अधिकारीले भने ‘उहाँहरुको उम्मेदवारी पर्ने भएपछि अरु पार्टीसमेत अब के गर्न भनेर अत्तालिएका छन् ।’ अधिकारीले पौडेल स्थानीय तह बुझेकाले उहाँ मेयर भएको ५ वर्षमा धर्मदेवीको स्वरुप नै फेरिने समेत विश्वास गरेका छन् । अधिकारीले कांग्रेसले अब नराम्ररी हार्ने दाबी गरेका छन् । धर्मदेवीमा अहिले कांग्रेसका मेयर छन् ।

मेयरमा सिफारिस भएपछि पौडेलले पार्टीले आफ्नो योगदानको सम्मान गरेको प्रतिक्रिया दिएका छन् । उनले नगरवासीको चाहना अनुसार धर्मदेवीलाई समृद्ध र सुखी बनाउने जनाएका छन् । उनले स्थानीय आवश्यकता र जनताको चाहनालाई बुझेर स्थानीय घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन् । एमालेले जिल्लाका अन्य स्थानीय तहमा पनि बुधबार नै उम्मेदवार छनौट गरिसकेको छ ।

यहि ३० गतेहुने स्थानीय तहको  निर्वाचनमा नेकपा (एमाले)  को तर्फबाट संखुवासभाका स्थानीय तहमा उम्मेद्वारी प्राप्त गर्नेहरुको नामावली यसप्रकार रहेको छ:

१) भोटखोला गाउँपालिका
अध्यक्ष :- वाङछेदर लामा
उपाध्यक्ष :- सहाना लामा
२) मकालु गाउँपालिका
अध्यक्ष :- भारत कटुवाल
उपाध्यक्ष :- चमेली राई
३) चिचिला गाउँपालिका
अध्यक्ष  :- राम ब. गुरुङ 
उपाध्यक्ष :- बिस्णुमाया राई
४) सिलिचोङ गाउँपालिका
अध्यक्ष :- खड्ग नन्द राई
उपाध्यक्ष :- मेनका राई
५) सभापोखरी गाउँपालिका
अध्यक्ष :- रत्न सुब्बा 
उपाध्यक्ष :- सबिता कालाखेती 
६) खादबारी नगरपालिका 
मेयर : जे. बि. घिमिरे 
उपमेयर :- महेश्वरा बज्राचार्य 
७) पाचखपन नगरपालिका
मेयर :- हिन्दु कुमार राई
उपमेयर :- अनिता नेउपाने
८) चैनपुर नगरपालिका
मेयर :- कृष्ण कुमार तामाङ 
उपमेयर :- एलिना श्रेष्ठ 
९) मादी नगरपालिका
 मेयर :- जीवन लिङ्थेप
उपमेयर :- सुनिता दाहाल 
१०) धर्मदेवी नगरपालिका 
मेयर :- उदयचन्द्र पौडेल 
उपमेयर :- लक्ष्मी गिरी

हाम्रो यात्रा डट कम र राजु पौड्यालको सहयोगमा।  

photo: hamro yatra

Views: