d

काठमान्डौको मेयरमा एमाले बाट स्थापित  सहित ३ जना  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाडौं: काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट तीन जनाको नाम सिफारिस भएको छ । एमाले महानगरले ५ जनाको नाम सिफारिस गरेकोमा जिल्ला कमिटीले ३ जनाको नाम मात्रै प्रदेशमा पठाएको हो ।

महानगरमा नयाँ अनुहारका रुपमा इन्दिरा पन्तको नाम सिफारिस भएको छ । एमाले नयाँ अनुहारलाई पनि उच्च स्थान दिने बताउँदै आएको छ। पन्तसँगै वर्तमान मेयर विद्यासुन्दर शाक्य र यसअघि मेयर भइसकेका केशव स्थापितको नाम सिफारिस भएको छ ।

प्रदेशले पठाएको नाममा केन्द्रीय कमिटीमा पनि छलफल हुने जनाइएको छ । एमालेले महागरनमा केन्द्रीय कमिटीले नै उम्मेदवार छान्ने मापदण्ड बनाएको छ । एमालेले नयाँ अनुहार र अनुभवीलाई प्राथमिकता दिने नीति अबलम्बन गरेसँगै पन्त ् स्थापितको संभावना बलियो देखिएको जनाइएको छ ।

प्रदेशले पठाएको तीनजनाको नाममा केन्द्रीय कमिटीले छलफल गरी ११ गतेसम्म टुंगो लगाइसक्ने छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्ता गठबन्धन एकातिर छन् भने एमाले अर्कोतिर छ । पन्त रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष हुन् भने स्थापित पूर्वमेयर समेत हुन् ।

यसअघि उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डमा समेत काम गरेको अनुभव छ । काठमाडौं महानगरपालिका स्थानीय तहमध्ये बलियो मानिन्छ । पूर्वमेयर स्थापितलाई अधिकांश जनताले मेयरमा मौका दिनुपर्ने माग उठिरहेृको छ र त्यसै अनुरुप एमाले नेतृत्वले समेत स्थापितलाई मेयरमा स्थापित गर्ने तयारीमा जुटेको स्रोतको दाबी छ । Galaxy Khabar

Views: