d

गौरीगन्ज राप्रपामा  पुन: दोहोरिए श्रेष्ठ, उपाध्यक्षमा रानी सोरेन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानिय निर्वाचनमा उम्मेद्वारी छनौट गर्ने कार्य तिब्र बनाइ रहदा झापामा समेत अधिकांश पालिकाहरुमा उम्मेदवार घोषणा गर्ने कार्य भई रहेको छ।  झापाका केहि पालिकामा मेयर / उपमेयर सहित सबै तहमा उम्मेदवार चयन गरिदै गर्दा जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको गौरीगन्ज गाउँ पालिकामा समेत अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेद्वारी चयन गरिएको हो।  
गौरीगन्ज गापाको लागि अध्यक्षमा  साविक विजेता बाबुराजा श्रेष्ठ दोहोरिएका छन् भने उपाध्यक्षमा रानी सोरेनलाई चयन गरिएको बताइएको छ।  
गत स्थानीय निर्वाचनमा अध्यक्ष पदमा राप्रपाबाट विजयी भएका श्रेष्ठ यो पटक पनि सर्वसम्मत उम्मेदवार घोषित भएका छन्।  

त्यसैगरि वडा नँ १ मा वडाध्यक्ष मा चन्द्रध्वज गोश्वामी र वडा सदस्य हरु मा चन्द्र नारायण राजवँशी, मनोज राई, मञ्जु कार्की र तारा माझीको उम्मेदवारी घोषणा गरेका छन् ।

वडा नं २ मा वडाध्यक्ष मा छट टुडु, वडा सदस्य हरुमा गोबि ताजपुरिया, मनोज बिश्वास, मञ्जु देवी मेहेता र मनोर देवी रकमको नाम घोषणा गरेका छन् । वडा नं ३ मा वडाध्यक्ष पदका लागि बाबुराम कटुवाल, र वडा सदस्य हरु मा खड्ग भण्डारी, नुर महम्मद मिया, निर्मला महतो र मिश्रदेवी परियार को नाम सार्वजनिक गरेका छन् ।

त्यसैगरि वडा नं ४ मा वडाध्यक्ष पदमा तेजनारायण राजवँशी र वडा सदस्य हरु मा हिम बहादुर कार्की, कर्ण सिँह राजवंशी, रिता गिरी र एकासी देवी ऋषिदेब लाई उम्मेदवारी दिएका छन् भने वडा नं ५ मा वडाध्यक्ष पदमा पुष्कर सिँह गन्गाई, र वडा सदस्य हरु मा सरवन ताजपुरिया, रामदेव राजवँशी, तेथ्री देवी महतो र वसन्ती माझि लाई उम्मेदवारी दिएका छन् । वडा नं ६ मा भने वडाध्यक्ष पदमा नन्दराज थापा र वडा सदस्य हरु मा लखन यादव, दाउद सोरेन, उमा राउत र गँगा ठटाल लाई उम्मेदवारी दिएका छन् ।

Views: