d

 डब्ल्यूएचओ का महानिर्देशक डा. टेड्रोस नेपालमा, सहयोग निरन्तर रहने भनाई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन्।  

आज बिहीवार काठमाण्डाै आइपुग्नु भएका डा. गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेटेका हुन्। भेटवार्ताका क्रममा नेपालमा विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहने कुरामा छलफल भएको थियो ।

भेटमा डब्ल्यूएचओ र नेपालबीचको सम्बन्ध आउँदा दिनमा अझ प्रगाढ रहने कुरामा छलफल भएको थियो । भेटमा महानिर्देशक गेब्रेयेससले नेपाल आएर खुसी लागेको र डब्ल्यूएचओले निरन्तर सहयोग गरिरहने बताए। 

उनले कोभिड खोप अभियान चलाएर नेपालमा नमुना योग्य काम गरेको भन्दै प्रशंसा गरेका थिए।  

Views: