d

कमल राप्रपाले घोषणा गर्यो वडाध्यक्षका उम्मेदवार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राप्रपा कमल गाउँ समितिले स्थानिय निर्वाचनको लागि ७ वटै वडामा उम्मेद्वारी तय गरेको छ।  सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवार चयन गरिएको बताइएको हो।  


घोषित उम्मेदवारहरुमा वडा न. १ बाट अर्जुनकुमार कार्की, २ बाट सन्तोष दाहाल, ३ बाट कुल बहादुर खड्का, ४ बाट प्रेमबहादुर लिम्बू, ५ बाट खड्ग बहादुर श्रेष्ठ, ६ बाट सत्यनारायण ताजपुरिया र वडा न. ७ बाट गंगाराम पाण्डेको नाम सर्वसम्मत भएको वडा न. ५ का अध्यक्ष पदका प्रत्यासी उम्मेदवार खड्ग बहादुर श्रेष्ठले बताए।  

वडा अध्यक्ष पदमा उम्मेदवार तय भएता पनि अध्यक्ष र उपाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवार अहिले सम्म तय गरेको छैन।  

यद्दपी भोली साँझ सम्ममा सबै पदमा उम्मेद्वारी घोषणा गरिसक्ने गाउँ समिति अध्यक्ष युवराज खड्काले बताए।   

Views: