d

राप्रपाबाट काठमाडौं महानगर मेयरको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई उठाउने भएको छ । आसन्न स्थानिय  निर्वाचनका लागि काठमाडौं महानगर प्रमुखको उम्मेदवारको रुपमा श्रेष्ठको नाम सिफारिस भएको बताइएको हो । 


यसअघि काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत एवं पूर्वसचिव केदारबहादुर अधिकारी, पूर्व एसएसपी दीपक रञ्जित र राप्रपा काठमाडौं महानगर अध्यक्ष केदार धमलाको नाम चर्चामा रहेपनि छलफल बाट कलाकार श्रेष्ठको नाम सिफारिस भएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । 

मेयर पदमा टुंगोमा पुगेको राप्रपाले उपमेयरमा भने अझै टुंगो लगाई नसकेको बताइएको छ।  
 

Views: