d

धर्मदेवीको मेयरमा एमालेबाट उदयचन्द्र पौडेल र कांग्रेसबाट थलकुमार लिङ्खा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

स्थानीय तहको निर्वाचनको मिति नजिकिदैँ जाँदा विभिन्न राजनीतिक दलहरुमा चुनावी सरगर्मी बढ्दै गएको छ । जतिजति निर्वाचनको मिति नजिकिँदै छ , त्यति त्यति माहोल तात्दै गएको छ । जिल्लाका विभिन्न गाउँ तथा नगरहरुमा आफ्नो तर्फबाट उमेद्वार छान्न राजनीतिक दलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । यसैबीच सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा नेकपा एमालेले उदयचन्द्र पौडेललाई नगरप्रमुखको उमेद्वार चयन गरेको छ । बुधबार बसेको एमाले प्रदेश कमिटिको बैठकले पौडेललाई नगरप्रमुखको उमेद्वार बनाउन सिफारिस गरेको एमाले जिल्ला कमिटि सदस्य दीनेशराज अधिकारीले जानकारी गरेका छन्  । त्यस्तै कमिटिले उपमेयरमा लक्ष्मी गिरीलाई चयन गरेको छ, गिरी जिल्ला कमिटी सदस्य हुन् ।


यस अघि पौडेल सहित मेयरमा तीन जनाको उमेद्वारी दर्ता भएको थियो । नगरमा सर्वसम्मत हुन नसकेकपछि माथिल्लो कमिटिमा नाम सिफारिस गरिएको थियो । जसमा पौडेल सहित एमाले नगर अध्यक्ष सूर्यबहादुर पौडेल र जिल्ला उपाध्यक्ष भिम लिङ्खालाई नगर कमिटिले सिफारिस गरेको थियो । त्यस्तै उपमेयरमा कविता श्रेष्ठ रेनुका गुरुङ र लक्ष्मी गिरीको नाम सिफारिस गरेकोमा गिरीलाई उपमेयरको उमेद्वार चयन गरेको हो ।
जिल्लाको १० वटा स्थानीय तह रहेका छन् । नेपाली कांग्रेस भने गठबन्धन नगरी आफ्नो बर्चश्व कायमै राख्न चाहन्छ भने एमाले त्यसलाई तोड्ने दाउमा छ ।
कांग्रेसले यस अघिनै मेयर र उपमेयरको टुङ्गो लगाई सकेको छ । जस अन्तरगत प्रमुखमा थलकुमार लिङ्खा र उपप्रमुखमा तारा महत भट्टराईलाई उमेद्वार चयन गरिसकेको छ । २०७४ को चुनावमा धर्मदेवी नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा कांग्रेसले जित हासिल गरेको थियो ।

Views: