d

प्रविणको उपचारमा धिमधिमे युवा क्लब र परिवर्तनका लागि युवा अभियानको अग्रणी भुमिका 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सामाजिक क्षेत्रमा अनुकरणीय योगदान पुर्याउदै आएका दुई संस्थाहरु हुन्  धिमधिमे युवा क्लब र परिवर्तनका लागि युवा अभियान । 
स्थापनाको छोटो समयमै महत्त्वपूर्ण सामाजिक दायित्व बहन गर्दै आएको गौरादह ३ मा स्थापित धिमधिमे युवा क्लब हो भने यस्तै महत्त्वपूर्ण भुमिकामा देखिएको छ परिवर्तनका लागि युवा अभियान । 

यी दुबै संस्थाले गौरादह १ का  मिर्गौला पीडित ११ वर्षीय बालक प्रविण थापाको उपचारमा आर्थिक संकलन अभियानलाई तिब्र बनाएका छन् । 
सामाजिक क्षेत्रमा अग्रणी भुमिकामा देखिएको परिवर्तनका लागि युवा अभियानले पहिलो चरणमा १ लाख १३ हजार ६ सय ९५ रुपैयाँ पीडित परिवारलाई घोपा क्याम्पमै पुगेर दुई दिन पहिले हस्तान्तरण गरिएको छ भने आज मात्र ३५ हजार ३ सय ५ हजार रुपैयाँ एन आइ सी एसिया बैंकमा रहेको परिवारको खातामा जम्मा गरिएको बताइएको छ ।

'हामीले पहिलो चरणमा ५२ हजार संकलन गरेका छौँ, धेरै दाताहरूले सकारात्मक कुरा गर्नु भएको छ।', धिमधिमे युवा क्लबका अध्यक्ष प्रविण बस्नेतले भने । 

पर्दाफास संग कुरा गर्दै अध्यक्ष बस्नेतले भने, 'सामाजिक कार्य गर्नकै लागि हामीले क्लबको स्थापना गरेका हौं, कुमार सानु जी लाई परेको पीडा प्रती हामी संस्थाका सदस्यहरु धेरै चिन्तित छौँ , प्रविण भाईको उपचारमा हामी अझ बढि मेहनत गर्नेछौं । 

आर्थिक अभावमा रहेका थापा परिवारको पिडालाई मलमपट्टी लगाउने कार्यमा आफुहरु दिनरात नभनी खटिरहेको उनले बताएका छन् । 

पीडित बालकको उपचार धरान स्थित घोपा क्याम्पमा भइरहेको बताइएको छ । 

दुबै मिर्गौला फेल भएका कारण निकै ठूलो धनराशिको आवस्यकता पर्ने भएकोले क्लबका अध्यक्ष बस्नेतले देश बिदेशमा रहनुहुने दाताहरू संग मानवीय  सहायताको लागि अपिल समेत गरेका छन् । 

Views: