d

मेचीनगर १० मा राप्रपाबाट बिकास नेपाल उठ्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: स्थानीय निर्वाचनमा उम्मेद्वारी नोमिनेसनको मिति नजिकिदै गर्दा झापाको मेचीनगरमा समेत राजनीतिक दलहरूले तयारी तिब्र पारेका छन् । बिगतमा एमाले र कांग्रेस बिच मात्र प्रतिस्पर्धा हुने मेची नगरमा यसपटक राप्रपाले समेत राम्रै चर्चा पाउन थालेको छ । 

अधिकांश युवा उम्मेद्वारलाई चुनाव लडाउने योजना बनाएको राप्रपाले मेची नगर वडा नं. १० बाट युवाहरु माझ राम्रै लोकप्रियता कमाएका बिकास नेपाल उम्मेदवार बन्ने भएका निश्चित भएको छ।  

उम्मेदवार बन्ने निश्चित भए संगै चुनाब प्रचारप्रसारलाई समेत तिब्र बनाएको नेपालले बताएका छन्।  

अध्यक्ष लिङ्गदेनले पार्टीमा नेतृत्व लिए संगै नेपाल राप्रपामा प्रवेश गरेका हुन्।  यस अघि उनि नेकपा एमालेमा सक्रिय कार्यकर्ता थिए।  

Views: