d

एमाले गौरादह शसक्त रुपमा स्थानीयसँग जाँदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

स्थानीय निर्वाचन २०७९ को पुर्वाधमा नेकपा एमाले  गौरादह शशक्त ढंगले स्थानीयसँग जाने तयारीमा जुटेको छ । मंगलबार सम्पन्न वडा कमिटिहरुको बिस्तारित बैठकले यस्तो तयारी थालेको हो । 

मंगलबार वडा नम्बर  १, २, ३ र ४ नम्बरको बिस्तारित बैठक सम्पन्न भएको छ । बिस्तारित बैठकमा एमाले झापाका अध्यक्ष  दिपक कार्की,  प्रदेश  कमिटी  सचिवालय  सदस्य  अमर दास शिवाकोटी, प्रदेश कमिटी  सदस्य  योगराज दाहाल, मदन अधिकारी, गौरादहका मेयर का प्रत्यासी उममेद्वार छत्रपति सुवेदी, उप– मेयर जल वर्षा राजवंशी  लगायतको उपस्थिति  रहेको थियो । 
वडा कमिटि वडा नम्बर  १ का अध्यक्ष  नगेन्द्र  भण्डारी , २ का अध्यक्ष  डिल्ली  राम काफ्ले , ३ का अध्यक्ष  गजेन्द्र  घिमिरे  र ४ का अध्यक्ष  दुर्गामणि बस्नेतले बैठकमा छलफल चलाउनु भएको थियो । एमाले झापा अध्यक्ष दिपक कार्कीले चुनावको नतिजा आफ्नै पक्षमा हुने भन्दै थप तयारीमा जुट्न, सबै वर्ग र क्षेत्रमा पुगेर प्रभावकारी प्रचार–प्रसार गर्न निर्देशन दिनु भएको छ । 
बैठकले एमाले शशक्त रुपमा स्थानीयसम्म जानका लागि विभिन्न कमिटी समेत गठन गरेको छ । युवा परिचालन समिति, प्रचार–प्रसार समिति लगायत समिति गठन भएको छ ।

Views: