d

धर्मदेवी ९ लाई नमुना वडा बनाउने चित्रकुमारको सपना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लामो समयदेखि कृषि  पेशामा संलग्न रहेका धर्मदेवी ९ का एमाले नेता  चित्रकुमार कार्की ( गोबिन्द) को वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । संखुवासभाको धर्मदेवी नगरपालिका वडा  नम्बर ९ वडा अध्यक्षको उम्मेदवार बन्ने निश्चित भए संगै नेता कार्कीले आफु जनप्रतिनिधि हुन चाहना गर्नुको मुख्य उद्देश्य कृषि शिक्षा  स्वास्थ्य खाने पनि सिंचाइ जस्ता योजना लाई मुख्य प्राथमिकता मा राखेर  धर्मदेवी ९ न वडालाई नमुना  वडा  बनाउने   बताउछन्।  

  नेकपा एमालेको वडा अध्यक्ष  समेत रहेका कार्की  स्थानीय महेन्द्र ज्योति मा वि विद्यालयको अध्यक्ष समेत रहेका छन् । २०५८ सालदेखि  पार्टीको सदस्यता लिएका  ५३ वर्षीय कार्की  अगुवा कृषकको रुपमा समेत परिचित छन् ।

कृषि , बाख्रपालन लगायतका पेशामा समेत आवद्ध रहेका कार्कीको वडाध्यक्षमा विजयी भएपश्चात कृषि बाटै वडामा आर्थिक क्रान्ति ल्याउने योजना छ । 

Views: