d

मेचीनगरका रामहरी नेपालले त्यागे माओबादी केन्द्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: लामो समय देखी माओबादीमा क्रियाशील रहदै आएका झापा मेंचिनगर १० का माओबादी नेता रामहरी नेपालले माओबादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन्।  प्रदेश न १ कार्यसमिति सदस्य समेत रहेका नेपालले सामाजिक संजाल फेसबुक मार्फत माओबादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन्।  पार्टी परित्याग गरेको बताएका उनले आगामी दिनमा कुनै पनि दलमा आवद्द नहुने र  स्वतन्त्र रुपमा रहेन उल्लेख गरेका छन्।  

निर्वाचनको मुखमा पार्टी परित्याग गरेका नेपालले पर्दाफास संग कुरा गर्दै भनेका छन् , '२०५१ साल देखि निरन्तर रुपमा माओबादीको अटल कार्यकर्ता भएर बसियो, अव बाँकी जीवन कुनै पनि राजनीतक दलमा आवद्द नरहने गरि पार्टी त्याग गरेको छु।'

राजनतिक नेत्रत्व संगै नेता नेपाल बिभिन्न गैर सरकारी संस्था का साथै विभिन्न स्थानीय संघ संस्थामा समेत आवद्द रही समाजसेवामा सक्रिय छन्।  कृषि क्षेत्रमा लामो अनुभव हासिल गरेका नेता नेपाल मेचीनगरमा मात्र नभएर सिंगो झापा भरी सफल कृषकको रुपमा समेत परिचित रहेको पाइन्छ। 

Views: