d

गौरादह ३ वडाध्यक्षमा कार्कीको उम्मेद्वारी, अन्य को को छन् राप्रपाका उम्मेदवार?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह नगरपालिका वडा न ३  मा राप्रपाको तर्फबाट चन्द्र जंग  कार्कीले वडाध्यक्षको उम्मेद्वारी दिएका छन्। संखुवासभाको धर्मदेवी नगरपालिका पुर्ख्यौली घर रहेका र हाल वडा न ३ मा स्थायी बसोबास गर्दै आएका कार्की पार्टी स्थापना काल देखिनै जिम्मेवारपूर्ण ढंगले  भूमिका निर्वाह गर्दै आएका छन्।   पार्टीमा हाल वडा समिति उपाध्यक्षको जिम्मेवारीमा रहेका कार्कीले स्थानीय निर्वाचनको मिति तय भए संगै वडाध्यक्षमा उम्मेद्वारी दिने आकांक्षा प्रस्तुत गर्दै आएका थिए।  कार्की सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदार भए संगै चुनाव प्रचारप्रसार कार्यमा व्यस्त रहदै आएका छन्।       
सामाजिक क्षेत्रमा लोकप्रिय रहेका कार्की स्थानिय स्तरमा निकै लोकप्रिय व्यक्तिको रुपमा परिचित छन्। कार्की संगै राप्रपाको तर्फबाट उम्मेद्वारी तय गरिएका अन्य सदस्यहरुमा भिम बोगटी, कृष्ण बहादुर खड्का, महिला सदस्यमा नरकुमारी राई तथा दलित सदस्यमा धनीमाया विश्वकर्मा रहेका छन्।   

 यस वडामा नेकपा एमालेका गजेन्द्र घिमिरे, कांग्रेस-माओबादी गठबन्धनका शेरबहादुर कार्की, स्वतन्त्र उम्मेदवार दिलिप भण्डारी वडाध्यक्षका उम्मेदवार रहेका छन्।  घिमिरे अघिल्लो निर्वाचनमा एमाले बाट निर्वाचित वडाध्यक्ष हुन् भने एमालेमै आवद्द रहेका भण्डारीले स्वतन्त्र हैसियतमा वडाध्यक्षको उम्मेद्वारी दिएका छन्।     
  

Views: