d

गौरादह १ राप्रपाले शुरु गर्यो स्वस्ती बाचन सहित घरदैलो अभियान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झगेन्द्र खड्का 
गौरादह/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वडा नं -१ ले भ्रष्टाचार रहित नगर बनाउने उदेश्यका साथ स्वस्ती बाचन गरि घरदैलो कार्यक्रम प्रारम्भ गरेकाे छ। गौरादह बजारमा आयाेजन गरिएकाे कार्यक्रममा पण्डित दुर्गा बरालले स्वस्ती बाचन गरेका थिए। बैशाख ३० हुने स्थानीय निर्वाचनमा बिजय हाँसिल गर्न पार्टीका कार्यकर्ता सहित प्रचारप्रसारमा लागेकाे छ। गौरादह बजारमा काेणसभाकाे आयाेजन गर्दै वडा नं -१ मा पार्टीका उमेदवारहरुकाे परिचय गराई घरदैलो कार्यक्रममा सहभागी भएकाे जनाएको छ। राप्रपाका तर्फबाट गौरादह नगरपालिका वडा नं -१ काे वडाध्यक्षमा देबेन्द्र कुमार खड्का का साथै सदस्यहरुमा भानुभक्त आचार्य, राधा गौली, महिला सदस्यमा गंगा देबि गिरी र दलित महिला सदस्यमा फुलमाया बि.क. उमेदवार रहेकाे जानकारी गराएका थिए।स्थानीय निर्वाचनमा राप्रपालाई बिजय गराएमा भ्रष्टाचार रहित समृद्ध नगर परिकल्पनाकाे आवास गराउदै भ्रष्टाचार गरेमा तुरुन्तै पदबाट राजिनामा दिने अध्यक्ष उमेदवार देबेन्द्र कुमार खड्काले प्रतिबद्धता जनाएका छन।स्थानीय निकायमा ठुला दलले प्रतिनिधित्व गर्दा नगरमा भ्रष्टाचार मौलाएको, सानाे कामका लागि १५ दिन सम्म नगरपालिका धाउनु पर्दा नागरिकले सास्ती खेप्नुपरेको धारणा राखेका थिए।गौरादह नगरपालिका वडा नं -१ मा आफू तेस्रो पटक वडाध्यक्षकाे उमेदवार बनेकाे बताउदै खड्काले यसपटक वडाबासिले राप्रपालाई बिजय गराउने बिस्वश रहेकाे बताएका थिए। पार्टीका केन्द्रीय सदस्य डा. राजेश गिरीले काेण सभालाई सम्बाेधन गर्दै गणतन्त्र आएपछि लादिएकाे संघियता मुलुकले धान्न नसक्ने भएकाले त्यसलाई खारेज गर्नुपर्ने धारणा रखेका थिए। हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्रकाे एजेन्डा लिएर राप्रपा जनता समक्ष भाेट माग्दै चुनावी मैदानमा उत्रिएको बताएका थिए। पार्टीका तर्फबाट मेयरका उमेदवार गाेपाल पौडेलले समय र परिस्थिति बदलिएपनि नेताहरुमा काम गर्ने पुरानै शैली रहेकाले नागरिकहरुमा परिवर्तनको आवास नदेखिएको बताएका थिए। नेताहरुले काम गर्नु भन्दा भाषणलाई प्राथमिकतामा राख्दा महंगी बढेकाे, नागरिककाे जीवन स्तर उस्किन नसक्दा मुलुक तथा गाउँ नगर समृद्ध बन्न नसक्ने धारणा राखेका थिए। यश पटककाे स्थानीय निर्वाचनमा नगरवासिले राप्रपालाई बिजय गराउने बिस्वास ब्यक्त गरेका छन। पार्टीका वडा नं -३ का उपाध्यक्ष चन्द्र जंग कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे।

Views: