d

राप्रपाको पार्टी कार्यालय स्थापना गर्न खनाल द्वारा जग्गा दान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मेचीनगर, १५ बैशाख । मेचीनगर नगरपालिका –१० का रुद्र खनालले राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय स्थापनाका लागि १० धुर जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्श मेचीनगरका संस्थापक महासचिव खनाल राप्रपाको नीति, विधि र सिद्धान्त मन परेर केही दिन अघि पार्टी प्रवेश गरेका थिए ।

उनलाई मेचीनगर नगर कमिटीले जोरसिमलमा आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अबीर टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गरे लगत्तै नगरमा उनले पार्टीको कार्यालय स्थापनाका लागि मेचीनगर –१० स्थित खनाल बस्तीमा रहेको १० धुर जग्गा निःशुल्क दिने घोषणा गरेका हुन् । पेशाले उनी कर परामर्श दाता हुन् । लोकतन्त्र पोस्ट।  

Views: