d

झापाको कमलमा राप्रपाको घरदैलो अभियान तिब्र (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राप्रपा कमल गाउँपालिकाले चुनावी प्रचार प्रसार अभियान तिब्र बनाएको छ।  अध्यक्ष पदका प्रत्यासी उम्मेदवार बिक्रम अधिकारी र उपाध्यक्ष पदका उम्मेदवार तारा बस्नेत सहित टोली चुनावी प्रतिवद्दता लिएर मतदाताका घर-घरमा पुग्ने अभियानलाई तिब्र बनाएको हो।

No description available.

 

अघिल्ला निर्वाचनहरुमा निकै साँघुरो घेरामा बसेर भोट माग्नु पर्ने समस्या भोगेको राप्रपाले यस पटकको निर्वाचनमा निकै हर्षोल्लास साथ भोट माग थालेका छन्।  

'हामी हिजोको दिनमा संख्यात्मक रुपमा निकै कम थियौं तर यो पटक निकै जोस र जाँगर बढेको छ।' , वडा न. ६ की खुल्ला महिला सदस्यकी उम्मेदवार दिपा पाठकले भनिन्।  

 

No description available.

 

पाठक भन्छिन्, 'मतदाताहरुले यो पटक राप्रपा संग निकै ठुलो आशा र भरोसा लिनुभएको छ, यो निर्वाचनले हामीलाई वडाको नेतृत्व लिने अवसर प्राप्त हुन्छ भन्ने विश्वास लिएका छौं।'

 

No description available.

 

वडा न. ६ का वडाध्यक्षका उम्मेदवार सत्य नारायण ताजपुरिया समेत यो पटक निकै उत्साहित हुँदै प्रचारप्रसार अभियानमा छन्।

 उनि भन्छन् ,'राजेन्द्र लिङ्गदेनले पार्टीको नेतृत्व लिएपछि पार्टीमा निकै ठुलो परिवर्तन आएको छ,  यो पटकको स्थानिय निर्वाचनमा मतदाताहरुले हामीलाई धेरै विश्वास गर्नु भएको छ।'  

No description available.

 

कमल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित  ७ वटा वडाका ३७ वटै पदमा राप्रपाले आफ्ना उम्मेदवार उठाएर चुनावी प्रतिस्पर्धामा निस्किएको गाउँ कमिटि अध्यक्ष युवराज खड्का बताउछन्।  

 

No description available.

 

'राप्रपाको राजधानी मानिने कचनकवलमा जस्तै राम्रो संगठानात्मक सुधार अहिले कमलमा देखिएको छ, केही वडाहरुमा हामी कमजोर छौं होला तर पनि साविक लखनपुरमा हाम्रो संगठन धेरै बलियो हुँदै गएको छ, तोपगाछीमा पनि हामी बलियो छौं।', पर्दाफास संग कुरा गर्दै खड्काले भने। 

 

No description available.

 

No description available.

 

राप्रपाबाट निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार रहेका विक्रम अधिकारी राप्रपाका प्रदेश सदस्य हुन्।  राजेन्द्र लिंग्देंनको राजनीतिक विचारबाट प्रभावित हुँदै माओबादी परित्याग गरेर राप्रपा प्रवेश गरेका अधिकारीले भ्रस्टाचारको अखडा भत्काउनकै लागी आफु चुनावी मैदानमा निस्किएको बताउछन्। 

No description available.

 


'हाम्रो यात्रा कठिन थियो होला अव नेपाली जनताले हामीलाई बुझिसक्नु भएको छ, निर्वाचनमा हामी बलियो शक्तीको रुपमा उदाउदै छौं।', अधिकारीले भने।'

 

No description available.

 

Views: