d

गौरीगन्जमा राप्रपाको घरदैलो अभियान तिब्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:  झापाको गौरीगन्ज गाउँ पालिकामा राप्रपाले चुनावी प्रचार प्रसार अभियान तिब्र बनाएको छ।  अध्यक्ष पदका प्रत्यासी उम्मेदवार बाबुराजा श्रेष्ठ र उपमेयर पदकी उम्मेदवार रानी सोरेन  सहित राप्रपाको टोली चुनावी प्रतिबद्दत्ता लिएर मतदाताका घर घरमा पुग्ने अभियानलाई तिब्र बनाएको हो।

अघिल्लो स्थानिय निर्वाचनमा अध्यक्ष पदमा विजयी भएका श्रेष्ठ यो पटक पुन: चुनावी प्रतिस्पर्धामा छन्।  गौरीगन्जमा सबै स्थानमा राप्रपाले आफ्ना उम्मेदवारहरु उठाएको छ।  गत निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा उल्लेख्य रुपमा नेता कार्यकर्ताहरु घरदैलो अभियानमा जुटेको पाइएको छ।     

आफुले गत निर्वाचनबाट अध्यक्ष पद जितेपछि गाउँपालिकामा पर्याप्त विकास भएकोले अव अधुरा कार्यहरुलाई निरन्तरता दिनकै लागि पुन: उम्मेद्वारी दिएको अध्यक्ष पदका प्रत्यासी उम्मेदवार बाबुराजा श्रेष्ठले बताएका छन्।  

गत स्थानीय निर्वाचनमा अध्यक्ष पदमा राप्रपाबाट विजयी भएका श्रेष्ठ यो पटक पनि सर्वसम्मत उम्मेदवार घोषित भएका हुन्।  

त्यसैगरि वडा नँ १ मा वडाध्यक्ष मा चन्द्रध्वज गोश्वामी र वडा सदस्य हरु मा चन्द्र नारायण राजवँशी, मनोज राई, मञ्जु कार्की र तारा माझीको उम्मेदवारी घोषणा गरेका छन् ।

वडा नं २ मा वडाध्यक्ष मा छट टुडु, वडा सदस्य हरुमा गोबि ताजपुरिया, मनोज बिश्वास, मञ्जु देवी मेहेता र मनोर देवी रकमको नाम घोषणा गरेका छन् । वडा नं ३ मा वडाध्यक्ष पदका लागि बाबुराम कटुवाल, र वडा सदस्य हरु मा खड्ग भण्डारी, नुर महम्मद मिया, निर्मला महतो र मिश्रदेवी परियार को नाम सार्वजनिक गरेका छन् ।

त्यसैगरि वडा नं ४ मा वडाध्यक्ष पदमा तेजनारायण राजवँशी र वडा सदस्य हरु मा हिम बहादुर कार्की, कर्ण सिँह राजवंशी, रिता गिरी र एकासी देवी ऋषिदेब लाई उम्मेदवारी दिएका छन् भने वडा नं ५ मा वडाध्यक्ष पदमा पुष्कर सिँह गन्गाई, र वडा सदस्य हरु मा सरवन ताजपुरिया, रामदेव राजवँशी, तेथ्री देवी महतो र वसन्ती माझि लाई उम्मेदवारी दिएका छन् । वडा नं ६ मा भने वडाध्यक्ष पदमा नन्दराज थापा र वडा सदस्य हरु मा लखन यादव, दाउद सोरेन, उमा राउत र गँगा ठटाल लाई उम्मेदवारी दिएका छन् ।

Views: