d

कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउँछन् ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरुका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ। वैशाख ३० गतेको निर्वाचनका लागि यस्तो निर्देशिका जारी भएको हो।

निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिएरमात्र निर्वाचन प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउनेछन्।

जस अनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उप्रमुख वा वडाध्यक्ष र वडा सदस्यले बढीमा २ वटा २ पाङग्रे वा तीनपाङग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन्।

नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले एउटा दुई पाङग्रे वा तीनपाङग्रे वा चारपाङग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र २ वटासम्म घोडा प्रयोग गर्न पाउनेछन्। आयोगको कार्यविधिअनुसार सवारीसाधन प्रयोगका लागि उम्मेदवारले निर्वाचन अधिकृतलाई निवदेन दिनुपर्ने छ। आयोगले जारी गरेको निर्देशिका अनुसार अधिकृतले निवेदनका आधारमा उल्लिखित संख्यामा नबढ्ने गरी सवारीसाधन प्रयोग गर्ने अनुमतिपत्र जारी गर्नुपर्न जनाइएको छ।

 

Views: