d

पत्रकार खड्का बने वडा सदस्यमा स्वतन्त्र उम्मेदवार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुर्वी माेरङका चार जना पत्रकार चुनावी मैदानमा छन् ।ती सबै पत्रकार उर्लाबारी नगरपालिकाका हुन् ।उर्लाबारी ३ मा नेकपा एमालेकाे तर्फबाट घनश्याम भण्डारी  वडाध्यक्षकाे उमेदवार हुनुहुन्छ ।अर्का पत्रकार किशोर श्रेष्ठलाई  साेही वडामा एमालेले वडासदस्यकाे उम्मेदवार बनाएको छ ।भण्डारी नेपाल पत्रकार महासंघका साधारण सदस्य हुनुहुन्छ भने श्रेष्ठ नेपाल प्रेस युनियन माेरङकाे सदस्य पद त्यागेर एमाले प्रवेश गरि उमेदवार बन्नु भएको हाे ।
अर्का पत्रकार सराेज बस्नेत नेकपा माओवादी केन्द्रबाट वडा नं. ७ काे वडासदस्य पदकाे उम्मेदवार बन्नु भएको छ ।बस्नेत सञ्चार क्लब उर्लाबारीका पुर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ माेरङका पुर्व जिल्ला सदस्य हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ माेरङका वहालवाला कार्यसमिति सदस्य तेजन खड्का उर्लाबारी ९ बाट वडासदस्य पदमा स्वतन्त्र उमेदवार बन्नु भएको छ । सामाजिक सञ्जालका माध्यमबाट गरिब दुखीलाई लाखौं रुपैयाँ उपचार खर्च  सहयोग संकलन गरि चर्चामा आउनु भएका खड्काले  आफुले गैर दलीय भएर चुनाबमा प्रतिस्पर्धा गरिरहेको बताउनुभयो । म कसैको कार्यकर्ता हाेइन । समाजमा आफुले गरेको कामकाे मुल्यांकन हुन्छ वा हुन्न आफुलाई मापन गर्न चुनाबमा प्रतिस्पर्धा गरिरहेको छु,उहाँले भन्नुभयो ।
चार जना प्रतिस्पर्धी चुनाबी मैदानमा भए पनि चारै जना जित नजिक नरहेको स्थानीय बताउँछन् ।

Views: