d

झापाको गौरादह ३ मा रोचक प्रतिस्पर्धा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको गौरादहमा उम्मेदवारहरुले चुनावी दौडान तिब्र बनाउन थालेका छन्।  ९ वटा वडा रहेको यस नगरपालिकामा आगामी बैशाख ३० गते हुने निर्वाचनमा नतिजा आफनो तर्फ पार्न उम्मेद्वारहरुले प्रचारप्रसार अभियानलाई तिब्र पारेका हुन्।  निर्वाचनले क-कसको भाग्यको ढोका खोल्ला भन्ने चर्चा चल्दै गर्दा वडा न ३ मा ४ जना वडाध्यक्षका उम्मेदवारहरु विच निकै बलियो प्रतिस्पर्धा देखिएको छ।  गत निर्वाचनमा नेपाली कांग्रेसका चिरन्जीवी दाहाललाई झिनो मतान्तरले हराउदै वडाध्यक्ष बन्न सफल भएका एमालेका गजेन्द्र घिमिरेलाई यो पटक आफ्नै दलबाट असन्तुष्ट रहदै उम्मेद्वारी दिएका दिलिप भण्डारीनै मुख्य चुनौतीको रुपमा देखिएका छन्। यद्दपी पार्टीले गरेको आन्तरिक मत सर्वेक्षणको आधारमा आफुले जित्नेमा वर्तमान वडाध्यक्ष गजेन्द्र घिमिरे भने ढुक्क छन्।   संयुक्त गठबन्धनका अर्का उम्मेदवार शेरबहादुर कार्कीको सम्भावना राम्रो देख्नेहरुको समेत यहाँ कमी भने छैन।
 संयुक्त गठबन्धनबाट माओबादीको भागमा परेको वडा हो वडा न. ३।  यस वडाका उम्मेदवार शेर बहादुर कार्कीले आफु र आफ्नो पार्टीको प्रतिष्ठाको विषय रहेकोले जित्ने पर्ने दवाब रहेको र जनमत पनि आफ्नै तर्फ देखिएको दावी गर्न पछि पर्दैनन्।  उता मुलुकमै नयाँ शक्तीको रुपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत यस वडामा प्रचारप्रसारलाई निकै तिब्र बनाएको छ।  उल्लेख्य संख्यामा कार्यकर्ताहरु भेला भएर दैनिक राप्रपाले घरदैलो अभियान र कोण सभाहरु समेत राख्ने गरेको वडा कार्यसमितिका अध्यक्ष चिरन्जीवी पौड्याल बताउछन्। राप्रपा पहिले जस्तो सानो आकारको छ भनेर अनुमान लगाउने दिन गए।  बाहिरी अनुमान र हल्लाको भरमा कसले जित्ला भन्ने अनुमान गर्नु व्यर्थ छ, यसपटक राप्रपाले जित्ने कुरामा दुईमत छैन।',  पौड्यालले ठोकुवा गर्दै भनेका छन्।  
 
 राप्रपाले यस वडामा चंद्रजंग कार्कीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ।  

त्यसो त स्वतन्त्रबाट उम्मेद्वारी दिएका दिलिप कुमार भण्डारीको निर्वाचन प्रचारप्रसार समेत अन्य दलको भन्दा कम देखिएको छैन । राजनीतिक दल जत्तिदै उल्लेख्य संख्याका साथ घरदैलो अभियानमा जुटेका भण्डारी उच्च मनोवलका साथ चुनावी मदानमा देखिएका छन्।

चारै पक्षको निर्वाचन प्रतिस्पर्धा निकै रोचक देखिन थालेको छ।     

'वडाध्यक्षमा चार जनाले उम्मेद्वारी दिनु भएको छ, चारै जना उम्मेदवारको प्रचारप्रसार हेर्दा उस्तै देखिन्छ, यहाँका पूर्वानुमानहरु सबै गलत हुदै गएको देखिदै छ', स्थानीय शिक्षक समेत रहेका धिमधिमेका एक मतदाताले भने।  

त्यस्तै बरगाछी टोलका एक मतदाताले पर्दाफास संग भने, 'चार जना वडाध्यक्षका उम्मेदवारहरु भोट माग्दै आएका छन्, सबै उस्तै लाग्छ खोइ कसलाई भोट दिने हो टुंगोमा पुग्नै सकिएको छैन।' आफु धेरै पढेको नभए पनि को सहि र को गलत छ भन्ने छुट्याउन सक्ने भएकोले  ४ जना मध्ये असल र इमान्दार व्यक्ती छानेर भोट हाल्ने उनले बताएका छन्।   


  

Views: