d

गौरादह १ वडाध्यक्षमा चार प्रतिस्पर्धी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह वडा न. १ मा वडाध्यक्षमा एमाले, राप्रपा, कांग्रेस र नेकपा एकीकृत समाजवादीका उम्मेदवार विच प्रतिस्पर्धा देखिएको छ।  
एमालेबाट नगेन्द्र भण्डारी, नेपाली कांग्रेसबाट इन्द्र गौतम, राप्रपाबाट देवेन्द्र खड्का र नेकपा एकीकृत समाजवादीका तर्फबाट नन्दलाल ताजपुरिया उम्मेदवार रहेका हुन्।

निर्वाचनको मिति नजिकिदै जाँदा चार वटै दलका उम्मेदवारहरुले घरदैलो अभियानलाई द्रुत गतीमा अगाडी बढाएका छन्। 

एमालेका उम्मेदवार भण्डारी गत निर्वाचनमा बहुमत प्राप्त गरेर निर्वाचित भएका वडाध्यक्ष हुन्।  कांग्रेसका उम्मेदवार गौतम गत निर्वाचनमा भण्डारीकै मुख्य प्रतिद्वन्दी उम्मेदवार थिए।  करिब १ सय ५० मतान्तरले पराजित भएका गौतमले यो पटक पनि भण्डारी विरुद्द बलियो प्रतिस्पर्धामा उत्रनु परेको देखिन्छ।  भण्डारी र गौतम विच प्रतिस्पर्धा रहने आकलन गरिरहदा राप्रपाका उम्मेदवार खड्का पनि उनीहरु संगै बलियो प्रतिस्पर्धा गर्दै प्रचारप्रसार अभियानमा सक्रिय रहेका पाइन्छ।  गत निर्वाचनमा समेत राप्रपाको तर्फबाट खड्कानै वडाध्यक्षका उम्मेदवार थिए भने भण्डारीलाई विजयी गराउन उनले प्राप्त गरेको मतनै निर्णायक रहेको थियो।  


गत निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएका खड्काले यो पटकको निर्वाचनमा आफुलाई निकै बलियो प्रतिस्पर्धीको रुपमा देखाउन थालेका छन्।  देशभर चलेको राप्रपाको लहरले गौरादहमा समेत फरक प्रभाव पार्न सक्ने विश्लेषण हुँदै गर्दा  खड्काले विजयी हुने लक्षका साथ चुनावी प्रतिस्पर्धामा सभागी भएको बताउने गरेका छन् ।

गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका गौतमलाई गत निर्वाचनको पराजयलाई यसपटक जितमा परिवर्तन गर्ने प्रयासमा छन्।  गत निर्वाचनमा एक्लै लडेका गौतमलाई यस पटक माओबादी केन्द्रको समेत साथ छ।  

उता यस पटक पनि वडाको नेतृत्व आफैंले लिन दौडाहामा भण्डारी देखिएका छन्।  विकास निर्माणका धेरै कार्य आफ्नो कार्यकालमा सम्पन्न भएको दावी गर्दै आएका भण्डारीले अधुरा कार्य पुरा गर्नको लागि आफु वडाध्यक्षको जिम्मेवारीमा पुन: आउन चाहेको बताउँदै आएका छन्।

वडाध्यक्षका अर्का उम्मेदवार नन्दलाल ताजपुरिया समेत चुनावी अभियानमा निकै उत्साहपुर्वक लागेको पाइन्छ।  नेकपा एकीकृत समाजवादीका जिल्ला नेता समेत रहेका ताजपुरिया पार्टीको  निर्देशन बमोजिम आफुले उम्मेद्वारी दिएकोले जिम्मेवार भएर प्रचारप्रसार अभियानमा लागेको बताउछन्।   

आदीवासी समुदायमा निकै लोकप्रिय रहेका ताजपुरियाको उमेद्वारी वडा निर्वाचनमा निकै अर्थपूर्ण रहेको मतदाता माझ चर्चा हुनेगरेको पाइन्छ।  

Views: