d

गौरादह ४ वडाध्यक्षमा ३  प्रतिस्पर्धी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिका वडा न ४ मा वडाध्यक्षमा ३ जना उम्मेदवार प्रतिस्पर्धी देखिएका छन्।  नेकपा एमालेलेको तर्फबाट दुर्गामणी बस्नेत , कांग्रेसबाट नेत्र ढुङ्गाना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र कटुवाल रहेका छन्।  

एमालेका उम्मेदवार बस्नेत संखुवासभाको आँखीभुँई गाविसमा २०५४ सालमा गाविस अध्यक्षको रुपमा रहेका थिए।  आफु जनप्रतिनिधि रहेको बेला प्राप्त अनुभवलाई नै मुख्य आधार बनाएर उम्मेद्वारी दिएको र वडाको समग्र विकासमा निश्चित मोडालिटी सहित अघि बढ्ने बताउने गरेका छन्।  
गत निर्वाचनमा एमालेका मडिन्द्र कार्की संग झिनो मतान्तरले पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार नेत्र ढुंगाना यो पटक वडाको नेतृत्व आफुले सम्हाल्ने पूर्ण विश्वासका साथ घरदैलो अभियानमा व्यस्त छन्।  

गत निर्वाचनमा पराजित भएता पनि एउटा जनप्रतिनिधिकै रुपमा वडाबासीको सेवा गरेकाले पनि यो पटक आफैंले वडाध्यक्षको जिम्मेवारी प्राप्त गर्ने कुरामा ढुंगाना ढुक्क दखिन्छन्।  

तस्तै वडाध्यक्षका अर्का प्रत्यासी राप्रपाका ज्ञानेन्द्र कार्कीले घरदैलो अभियानलाई उच्च मनोवलका साथ अगाडी बढाएका छन्। राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका गोपाल पौड्यालको वडा समेत रहेकाले यस वडामा राप्रपाको प्रभाव माथि उठेको मतदातामाझ चर्चा हुने गरेको पाइन्छ।  

Views: